पोखरा,बैशाख २८ , बिनासकारी भुकम्प वाट क्षति भएका जिल्लाहरुमा राहात लैजाने क्रम जारी छ । तर राहात बितरणमा एक द्धार प्रणाली नहुदा बितरण प्रकृया पारदर्शि नभएको प्रतिकृयाहरु आउन थालेका छन । अति प्रभावित जिल्लाहरुमा फोकस भएको राहत बितरणका कारण उक्त जिल्लाहरुमा अनियन्त्रीत बितरण जारी रहेकाले बिभिन्न सामाजिक सञ्जालहरुमा बिरोध पनि हुन थालेको छ ।
राहात लैजादा आबस्यकताको आधारमा भन्दा पनि चिनजानका आधारमा र कसैले भनिदिएको भरमा लैजाने गर्दा समस्या आउन थालेको छ ।
प्रसासनले पनि आबस्यकता हेरेर बितरणको प्रकृया र सुरक्षा प्रदान गर्न नसक्दा राहात लिएर दुर्गममा जान लागेको राहात टोलि लाई अबरोध हुन थालेपछि मानिसहरु असुरक्षीत महशुश गरेर सकैसम्म सुगम क्षेत्रहरुमा मात्र जान चाहेको पिडितहरुले बताएका छन । केही झुण्डहरुले राहात लिएर गएको टोलीलाई नै अबरोध गर्ने गरेको न्युजहरु आए्उन थालेको छ ।
गोरखाका अति प्रभावित क्षेत्र,धादिङ्ग,सिन्धुपाल्चोक जस्ता जिल्लाहरुमा मानिसहरु जान चाहेपनि जान नसकीरहेको बिभिन्न संघ सस्थाका मानिसहरुको भनाई रहेको छ ।
राहात लिएर जाादा कसैको पिटाई खानु पर्छकी भन्ने डर लिएर जानु पर्छ , प्रहरीलाई सुरक्षाको लागि अनुरोध गर्दा उपलब्ध गराउन सकिदैन भन्ने उत्तर आउछ , गोरखाको सिम्जुङ्ग पुगेर फर्किएका बिजय प्रधानले भने ।
यसैगरि राहात बितरण गरेको तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्न हतार गर्नहरु दुर्गममा जान नचाहेको पनि उनले गुनासो गरे । बिनासकारी भुकम्प गएको यतिका दिन हुदा पनि सरकारी राहात नपुगेकोमा पिडितहरु आक्रोशित हुन थालेका छन ।