काठमाण्डौ ,२८ वैशाख ।
हिन्दु स्वयम सेवक संघ नेपाल र तिमिल्सिना समाजले आज संयुत्त रुपमा भुकम्पपिडितका लागी राहत वितरण गरेको छ । समाजले सोमवार नयाा बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी त्रिपाल , व्लाङकेट ,चामल ,पुलाउ लगायतका सामग्री वितरण गरेको छ ।भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक ,रामेछाप ,काभ्रे ,धादिङ ,गोरखा भत्तपुर र काठमाण्डौमा राहत सामग्री बाडिएको हो ।
समाजका प्रतिनिधीले काठमाण्डौको धर्मस्थली ,सिन्धुपाल्चोकको पाङग्रेटार ,काभ्रेको ढुङखर्क ,धादिङको पेडा गाविस ,गोरखाको धौखर्क ,रामेछाप र भत्तपुरको वागेश्वरीमा नै पुगी भुकम्प पिडित परीवारलाई राहत सामग्री वितरण गरिने समाजका अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले बताउनु भयो । आज (आईतवार ) राहत वितरण गरीने स्थानका लागी सम्बिन्धित क्षेत्रका प्रतिनिधिलाई राहत सामग्री दिएर सम्बिन्धित जिल्ला पठाईएको छ ।
समाजले अझै राहत संकलन गर्ने र भुकम्प पिडितको पुनरस्थापनाका लागी पनि रकम सहित बिभिन्न सामग्रीहरु सहयोग गर्ने तयारि गरेको राहत वितरण समितिका संयोजक डा रामकृष्ण तिमिल्सिनाले बताउनु भयो ।
यस्तै समाजका पदाधिकारी ,संरक्षक र सल्लाहकारहरुबाट पााच /पााच हजार र अन्यले आफ्नो इाच्छा अनुसार रकम उठाएर अति प्रभावित क्षेत्रका भुकम्प पिडितको पुनरस्थापनाका लागी खर्च गर्ने उहाले बताउनु भयो ।
राहत वितरण कार्यक्रममा दुग्ध विकास समितिका महाप्रवन्धक तथा समिति सल्लाहकार गंगा तिमिल्निा ,पूर्व एआईजी तथा संरक्षक कल्याण कुमार तिमिल्ििसना ,सर्वाेच्व अदालतका पूर्व रजिष्टार डा राकृष्ण तिमिल्सिना ,नेपाल स्टक एक्चेन्ज (नेप्से)का वरिष्ठ अधिकृत तथा पूर्व कम्पनि सचिव तथा समाज अध्यक्ष नारायाण तिमिल्सिना ,वरिष्ठ अधिकत्ता कलम बहादुर तिमिल्सिना ,स्वास्थ्य मन्त्रालयका उपसचिव विष्णुहरी तिमिल्सिना , वीर हस्पिटलका प्रशासन अधिकृत एकनाथ तिमिल्सिना र त्रिभुवन विश्वविद्यालयका प्रोफेसर भानु तिमिल्सिना लगायतको उपस्थिती थियो ।
उनीहरुले भुकम्प पिडितको पिडामा सामेल हुदै व्यत्तिगत रुपमा पनि पिडितलाई राहत तथा पुनस्थापनाका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भुकम्प गएको दुई साता बितिसक्दा पनि पिडितले उचित राहत नपाएको गुनासो आईरहेका बेला बिभिन्न संघ सस्थाबाट भने सहयोग जुटिरहेको छ ।
गत वैशाख १२ गते गोरखाको वार्पाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलभ ९ रेक्टर स्केलको भुकम्पका कारण हजारौको मृत्यु भएको छ भने लाखौ परिवार घरवार बिहिन भएका छन् । अझै धेरै पिडितले खाध्यान्ह तथा पाल लगायत नपाएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । सरकारी संयन्त्रबाट प्रभावकारी काम नभएको पिडितले गुनासो छ ।
यसैबीच समाजले आईतवारै भित्रे पात्रो पनि विमोचन गरेको थियो ।












