आईपिएलमा चेन्नईद्धारा राजस्थान पराजीत, व्याङलोरको कीर्तिमानी रेकर्ड

आईपिएलमा चेन्नईद्धारा राजस्थान पराजीत, व्याङलोरको कीर्तिमानी रेकर्ड

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी बैशाख २८ ।  आईपिएर क्रिकेटको ४७ औं खेललमा गएराति राजस्थान रोयल्सलाई १२ रनले हराउदै चेन्नई सुपर किङस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईले पहिले व्याटीङ गर्दै ५ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
तर यो मध्यम लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाएर एक सय १५ रनमै समेटिए पछि चेन्नईको शीर्ष स्थानको ढोका खुलेको हो ।
चेन्नईका लागि ब्रन्डेन म्याक्कुलमले ८१ रनको योगदान दिएका थिए भने डि प्लेसिसले २९ रन बनाएका थिए । अन्य व्याटस्म्यानले खासै उल्लेख्य रन बनाउन सकेनन् ।
यस्तै सकारात्मक सुरुवात गरेर पनि जीत हात पार्न नसकेको राजस्थानका लागि अजिन्क्या रहाने २३, सेने वाटसन २८ र सजु सेमसनले २६ रन बनाउनु बाहेक अन्यको उल्लेख्य योगदान रहेन ।
चेन्नईका रबीन्द्र जडेजा एक्लैले ४ विकेट हात पारे पछि राजस्थान कमजोर सावित भएको थियो ।

यस अघि हिजै सम्पन्न पहिलो खेलमा रोयल च्यालेन्जर्स व्याङलोरले मुम्वई विरुद्ध कीर्तिमानी २ सय ३५ रन बनाउदै जीत हात पारेको छ । यो २०/२० ईतिहासकै ठूलो स्कोर हो । एभि डेभिलियर्सले अविजीत १ सय ३३ रन विराट कोहलीले ८२ रन जोडे पछि व्याङलोरको मात्र हैन यो जोडीको पनि ईतिहास रचियो । क्रिस गेललाई १३ रनमा गुमाए पछि व्याङलोरले विष्फोटक व्याटीङ गरेको हो ।
जवाफमा २ सय ३६ रनको लक्ष्य पछ्याएको मुम्वई ईन्डियन्स २० ओभरमा ७ विकेट गुमाउदै १ सय ९६ रनमा समेटिदा ३९ रनले पराजीत भयो । मुम्वईका लागि सिमोन्सले अविजीत ६८ रन बनाए भने पोलार्डले ४९ रन जोडेका थिए ।
यसैबीच आज एक मात्र खेल राति सवा ८ बजे सनराईजर्स र किङस ईलेभेन पञ्जावबीच खेल हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी