दोलखामा गाउमा अझै पुगेन राहत , सदरमुकाममा राहत माग्नेको भीड

दोलखामा गाउमा अझै पुगेन राहत , सदरमुकाममा राहत माग्नेको भीड

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

बैशाख २७ दोलखा ।

बैशाख १२ गतेको भूकम्पका कारण प्रभावित दोलखाका दुर्गम क्षेत्रहरुमा अझै राहत पुग्न नसकेको सर्वसाधारणले गुनासो गरेका छन् ।

उनीहरुले खाद्यन्न, लत्ता कपडा, त्रिपाल लगायतका सामाग्रीको अभाव भएको भन्दै सरकारले यसको व्यवस्था गर्न नसकेकोमा दुख मानेका छन् । उनीहरु कोही बारीमा त कोही रुखको छेउमा सेउला हालेर समेत बस्न बाध्य छन् ।

गाउमा राहत नपुगे पछि गॉउ गाउबाट मानिसहरु अहिले सदरमुकाममा राहतको लागि धाईरहेका छन् । तर सदरमुकाममा समेत राहत नपाए पछि फर्कन बाध्य उनीहरुले जिल्ला सदरमुकामा दलका नेताहरुले आफ्ना कार्यकर्तालाई र उनीहरु मार्फत नै राहत दिने गरेको भन्दै कतिपय सर्वसाधारण रित्तै गाउ फर्किएका छन् ।

नेताहरु जिल्लामा गए पनि प्रचारका लागि मात्रै राहत बाडे जस्तो गर्ने गरेको भन्दै सरकार गाउमा कहिले आउने हो भन्दै चिन्ता गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी