बैशाख २७ दोलखा ।
बैशाख १२ गतेको भूकम्पका कारण प्रभावित दोलखाका दुर्गम क्षेत्रहरुमा अझै राहत पुग्न नसकेको सर्वसाधारणले गुनासो गरेका छन् ।
उनीहरुले खाद्यन्न, लत्ता कपडा, त्रिपाल लगायतका सामाग्रीको अभाव भएको भन्दै सरकारले यसको व्यवस्था गर्न नसकेकोमा दुख मानेका छन् । उनीहरु कोही बारीमा त कोही रुखको छेउमा सेउला हालेर समेत बस्न बाध्य छन् ।
गाउमा राहत नपुगे पछि गॉउ गाउबाट मानिसहरु अहिले सदरमुकाममा राहतको लागि धाईरहेका छन् । तर सदरमुकाममा समेत राहत नपाए पछि फर्कन बाध्य उनीहरुले जिल्ला सदरमुकामा दलका नेताहरुले आफ्ना कार्यकर्तालाई र उनीहरु मार्फत नै राहत दिने गरेको भन्दै कतिपय सर्वसाधारण रित्तै गाउ फर्किएका छन् ।
नेताहरु जिल्लामा गए पनि प्रचारका लागि मात्रै राहत बाडे जस्तो गर्ने गरेको भन्दै सरकार गाउमा कहिले आउने हो भन्दै चिन्ता गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


