रियल सासिडाडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक ।

रियल सासिडाडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक ।

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ, २७ वैशाख ।  
स्पेनिस ला लिगा फुटबल अन्तरगत गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–० ले पराजित गरेको छ । जितसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधिको नजिक पुगेको छ । नेइमार र पेड्रोको गोलको मदतमा बार्साले उपाधि संम्भवना बलियो बनाएको हो ।

खेलको ५१ औं मिनेटमा नेइमारले गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाए । ८५ औं मिनेटमा पेड्रोले गोल गर्दै बार्सालाई २–० को जित दिलाएका छन् ।  लिगमा दुई खेल बाँकी हुँदा बार्सिलोनाको दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंक बढी छ ।

बार्साले अब एउटा मात्रै खेल जितेपनि लिगको उपाधि हात पार्नेछ । उसले अब एथ्लेटिको मड्रिड र  डिपोर्टिभो ला कोरुनासँग खेल्न बाँकी छ । बार्साको ३६ खेलबाट ९० अंक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी