काठमाडौं, २६ वैशाख।
बंगलादेशविरुद्धको टेस्ट क्रिकेट श्रृंखला पाकिस्तानले जितेको छ ।
दुई खेलको श्रृंखलाको मिरपुरमा भएको दोस्रो तथा अन्तिम खेलमा तीन सय २८ रनको जित हासिल गर्दै पाकिस्तानले श्रृंखला १–० ले जितेको हो । पाँच सय ५० रनको चुनौती पछ्याएको बंगलादेशले दुई सय २१ रनमात्र बनाउन सकेपछि पाकिस्तान चौथो दिनमै विजयी भएको हो ।
रश्रयसअघि म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज अजर अलीले दुई सय २६ रन बनाएपछि पाकिस्तानले पहिलो इनिङ्समा पाँच सय ५७ रन जोडेको थियो । युनिस खानले एक सय ४८ तथा असद शफिकले एक सय सात रन बनाए ।
जवाफमा बंगलादेशले दुई सय तीन रन बनाउँदा पाकिस्तानले ६ विकेटको क्षतिमा एक सय ९५ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline