भुकम्पबाट क्षतिग्रस्त भग्नावशेष हटाउन कर्मचारीदेखि सुरक्षा निकायसम्म सक्रिय

भुकम्पबाट क्षतिग्रस्त भग्नावशेष हटाउन कर्मचारीदेखि सुरक्षा निकायसम्म सक्रिय

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाण्डौ ,२६ वैशाख ।गत वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उपत्यकाकोे भग्नावशेष हटाउन थालिएको छ । शनिवार विहान ७ बजेदेखि निजामतीलगायत सेना, शसस्त्र र प्रहरीका सुरक्षाकर्मी तथा विभिन्न संस्थान तथा स्वायत्त निकायका कर्मचारीहरु सम्मिलित टोलीले राजधानीका १७ स्थानमा भूकम्पबाट भत्केका संरचनाको भग्नावशेष हटाउन थालेको हो । मुख्यसचिव लिलामणी पौड्यालको निर्देशन लगत्तै सबै कर्मचारी तथा सुरक्षा निकायका कर्मचारी भग्नावशेष हटाउने कुनै औजार बिना खालि हात भग्नावशेष हटाउन तथा सरसफाई थालिएको हो ।

‘सुरक्षा निकायका अधिकारीले नियमित रुपमा भग्नावशेष हटाउने काम गरिरहेको भएपनि एउटा दुईटा व्यक्तिले मात्रै आफ्नो घरको सारा थुप्रो हटाउन नसक्ने भएकाले सबै सक्रिय रुपमा सो अभियानमा लागेको मुख्यसचिव पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो ‘एउटा नेपालीलाई दुस्ख पर्दा अर्को नेपालीले सहयोग गर्ने संस्कार अनुसार अभियान थालिएको हो । उपत्यकाको तीन वटै जील्लामा सुरु गरिएको अभियानका क्रममा शनिवार ग्रामिण बस्ती र ग्रामिण इलाकामा सहभागीहरू निजी घरका भग्नावशेष हटाउन केन्द्रित थिए ।

कोहि गैंची हान्दै गाह्रोका थुप्रा खनिरहेका थिए त कोहि कर्मचारी मुखमा मास्क ,हातमा पञ्जा लगाएर काम गर्नमा ब्यस्त थिए । कसैलाई गा« लगाउन भ्याईनभ्याई थियो त कोहि गल्लीको माटो निकालेका थिए । भग्नावशेषका इटा सोहोर्न थालेका मुख्यसचिव पौड्यालले केही छिनमा रमिताका लागि जम्मा भएका स्थानीयबासिन्दालाई पनि काम गर्न उत्प्रेरित गगर्नुभयो । ‘तपाईंहरू यसरी रमिता हेरेर बसिरहन त मिलेन नि’ नजिकै उभिइरहेका एक व्यक्तिको हात समाउँदै उहाले भन्नुभयो , तपाईहरुले पनि सहयोग गर्नुभयो भने छिट्टै काम सकिन्छ ।आनुहोस् सँगै मिलेर काम गरौ । चासुखेल नजिकैको बस्तीमास्वयंसेवाका लागि खटिएको टोलीले हरेक घरबाट निकालिएको अवशेष चिनिने गरी अलग अलग रुपमा थुपारेका थिए । भग्नावशेषमा भेटिएका पुराना टिभी, राइसकुकर, कुच्चिएका थाललगायतका सामानहरु घरधनीलाई सोधेपछि मात्रै कर्मचारीहरुले फोहोरको थुप्रोमा फाले ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव टंकमणी शर्माका अनुसार, सफाइ अभियान सन्चालित राजधानीका १७ भूकम्पप्रभावित क्षेत्रमा एकरएक जना सचिवलाई संयोजक तोकिएको थियो । विभिन्न मन्त्रालय, विभाग तथा अन्य निकायका कर्मचारीहरु तोकिएको क्षेत्रमा गई ७ बजेदेखि करिव १० बजेसम्म भग्नावशेष हटाउने काम गरेका थिए । अभियानअन्तर्गत नै सुरक्षाकर्मीहरुले दरवार स्क्वायरलगायतका पुरातात्विक सम्पदाको भग्नावशेष सफा गरेका थिए ।

वन, कृषि र शिक्षा मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरुको पहलमा साँखुमा सरसफाई भयो । विभिन्न बाक्लो बस्ती र पुराना घरका कारण हरिसिद्धिमा तुलनात्मक रुपमा बढी क्षति देखिएको पर्यटन सचिव सुरेशमान श्रेष्ठले बताउनु भयो । धर्मस्थली, काभ्रेस्थली क्षेत्रमा पुगेका शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जालीले काँचो माटो र इटाले बनेका घरहरुको भग्नावशेष हटाउन निकै चुनौतीपूर्ण भएको बताउनुभयो । सबैजसो ठाउँमा पीडितहरुले कर्मचारीसमक्ष त्रिपाल, अस्थायी शौचालय र राहतको माग गरको बताईएको छ ।

यातायात व्यवसायीले भग्नावेशषको फोहोर व्यवस्थापन गर्न निशुल्क मिनीट्रक, ट्रिपर, टाटामोबाइल लगायत गाडी उपलब्ध गराएका थिए । काम नलाग्ने ढुंगा, माटो र अरु सामान फाल्न केही सवारीसाधन नगरपालिकाहरुले पनि जुटाएका थिए ।

शनिवार काठमाडौंको साखु, धर्मस्थली, काभ्रेस्थली, नैकाप, स्यूचाटार, रामकोट सितापाइला, किर्तिपुरको पाँगा, चारघरे, इटाडोल क्षेत्रको भग्नावशेष आंशिक रुपमा सफा गरियो । ललितपुरको खोकना, बुङमती र हरिसिद्धि तथा भक्तपुरको दरवार स्क्वायर, च्यामासिं, व्यासी, महाकालीस्थान, सूर्य्विनायक लगायतका ठाँउमा सरफाई गरियो । बाक्लो बस्तीमा ज्यादा क्षती भएकाले कर्मचारीहरुले गल्ली र बाटो छेउका फोहोरमात्रै हटाउन सकेका थिए । भग्नावशेष हटाउने निजामती कर्मचारीहरुको यो अभियानलाई आगामी शनिबारसमेत निरन्तरता दिइने भएको छ । शनिवार मात्रै राजधानीमा ५० हजारभन्दा बढी कर्मचारी खटिएका थिए ।

यस्त्ै उपत्यकाका तीनै जील्लामा भग्नावशेष हटाउन नेपाल प्रहरीको पनि सक्रिय सहभागीता देखियो । सो अभियानमा प्रहरी प्रधान कार्यालय अन्तर्गत तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतका कार्यालयहरुबाट एक हजार एक सय १० जना प्रहरी अधिकृत तथा जवानहरुको सहभागीता रहेको थियो ।
काठमाडौं स्युचाटार क्षेत्रमा भग्नावशेष हटाउने तथा सरसफाई गर्ने अभियानमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायतका प्रहरी अधिकृत तथा जवानहरुको सहभागीता थियो ।

यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक गणेशराज राईसमेतको टोली भक्तपुर नगरपालिका क्षेत्रमा, प्रहरी उपरीक्षक बसन्तकुमार लामासमेतको टोली काठमाडौं साँखु क्षेत्रमा, प्रहरी उपरीक्षक घनश्याम अर्यालसमेतको टोली ललितपुर खोकनामा, प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायसमेतको टोली काठमाडौं टोखामा रहेको थियो । यसैगरी, प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठसमेतको टोली ललितपुर बुङमतीमा, प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीसमेतको टोली काठमाडौं धर्मस्थली र काभ्रेस्थलीमा, प्रहरी उपरीक्षक संदीप भण्डारीसमेतको टोली काठमाडौं नैकापमा, प्रहरी उपरीक्षक सुनिल श्रेष्ठसमेतको टोली काठमाडौं रामकोट र सितापाईलामा, प्रहरी उपरीक्षक रवीन्द्र के.सी.समेतको टोली कीर्तिपुरको पाङ्गामा, प्रहरी उपरीक्षक प्रेम मल्लसमेतको टोली कीर्तिपुर चारघरेमा, प्रहरी उपरीक्षक पुरुषोत्तम कँडेलसमेतको टोली कीर्तिपुर इँटागोलमा एवं अन्य प्रहरी अधिकृत तथा जवानहरुसमेत आफुलाई पायक पर्ने स्थानहरुमा खटिएका थिए ।

यसैबीच , भुकम्पबाट क्षती भएका संरचनाका भग्नावशेष हटाउने र सरसफाई गर्ने अभियान अन्तर्गत शनिबार भक्तपुर चाँगुनारायण मन्दिर परिसरमा क्षती भएका संरचनाहरुको भग्नावशेष हटाउने र सरसफाई गर्नेे कार्यमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रोशी अर्याल लगायतका पदाधिकारीहरुले पनि सहभागीता जनाएका थिए । यस अभियान बाहेक उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट आलोपालो गरी कुल ४१ हजार ७ सय ७६ जना प्रहरी कर्मचारी दैनिकरुपमा परिचालित हुँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी