उपत्यकाको क्षतिग्रस्त भग्नावशेष हटाउन सुरु (फोटो सहित ) 

उपत्यकाको क्षतिग्रस्त भग्नावशेष हटाउन सुरु (फोटो सहित ) 

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाण्डौ ,२६ वैशाख । गत वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उपत्यकाकोे भग्नावशेष हटाउन थालिएको छ । उपत्यकाको १७ स्थानमा भग्नावशेष हटाउन थालिएको हो । सरकारका उच्च अधिकारी ,कर्मचारी ,सुरक्षा निकायका अधिकारी, बिभिन्न संघ सस्थाहरुको सक्रियतामा भग्नावशेष हटाउने तथा सरसफाई अभियान सुरु गरिएको छ । विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भग्नावशेष हटाउन यतिवेला नेपाल प्रहरी पनि सक्रिय रहेको छ ।

 

 

भवनभित्र पुरीएका सामग्रीको खोजी तथा भग्नावशेष हटाउने र सरसफाई गर्ने अभियानमा नेपाल प्रहरीका उच्च ओहदाका अधिकारी देखि तल्लो तहका अधिकारी सहभागि छन् ।

शनिवार पनि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नेतृत्वको टोलिले काठमाडौं ,ललितपुर र भत्तपुरका क्षतिग्रस्त भवनका भग्नावशेष हटाउनुका साथै सरसफाई गरेको छ ।

 

सधै नेपाली जनताको सुरक्षामा खटिने प्रहरी यतिवेला भुकम्पबाट पिडितहरुको उद्धार , राहत वितरण ,भत्किएका संरचनाको पुनरनिर्माणमा सहयोग तथा भग्नावशेष हटाई सरसफाई गर्ने कार्य गरी पिडितको घाउमा मल्हम लगाउने कार्यमा निरन्तर जुट्दै आएको हो ।यस्तै नेपाल प्रहरी श्रीमती संघले पनि सरसफाई अभियानमा सहभागिता जनाएको थियो ।

भुकम्पका कारण दुई लाख ८८ हजार सात सय ९८ वटा निजी घर पूर्ण क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ । १० हजार ७ सय ९० वटा सरकारी भवनलाई पूर्ण क्षतिग्रत छन् । यस्तै, दुई लाख ५४ हजार १ सय १२ निजी र १४ हजार नौ सय ९७ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।

 

फोटो ः नेपाल प्रहरी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी