काठमाण्डौ ,२६ वैशाख । गत वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उपत्यकाकोे भग्नावशेष हटाउन थालिएको छ । उपत्यकाको १७ स्थानमा भग्नावशेष हटाउन थालिएको हो । सरकारका उच्च अधिकारी ,कर्मचारी ,सुरक्षा निकायका अधिकारी, बिभिन्न संघ सस्थाहरुको सक्रियतामा भग्नावशेष हटाउने तथा सरसफाई अभियान सुरु गरिएको छ । विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भग्नावशेष हटाउन यतिवेला नेपाल प्रहरी पनि सक्रिय रहेको छ ।
- काठमाडौँ कीर्तिपुर क्षेत्रमा भग्नावशेष हटाउने तथा सरसफाई गर्ने अभियानमा सहभागी हुँदै प्रहरी टोली
भवनभित्र पुरीएका सामग्रीको खोजी तथा भग्नावशेष हटाउने र सरसफाई गर्ने अभियानमा नेपाल प्रहरीका उच्च ओहदाका अधिकारी देखि तल्लो तहका अधिकारी सहभागि छन् ।
- प्र अ म नि गणेशराज राईसमेतको टोली भक्तपुर नगरपालिका क्षेत्रमा भग्नावशेष हटाउने तथा सरसफाई गर्ने अभियानमा सहभागी हुँदै
शनिवार पनि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नेतृत्वको टोलिले काठमाडौं ,ललितपुर र भत्तपुरका क्षतिग्रस्त भवनका भग्नावशेष हटाउनुका साथै सरसफाई गरेको छ ।
- काठमाडौं स्युचाटार क्षेत्रमा भग्नावशेष हटाउने तथा सरसफाई गर्ने अभियानमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसमेतको टोली
सधै नेपाली जनताको सुरक्षामा खटिने प्रहरी यतिवेला भुकम्पबाट पिडितहरुको उद्धार , राहत वितरण ,भत्किएका संरचनाको पुनरनिर्माणमा सहयोग तथा भग्नावशेष हटाई सरसफाई गर्ने कार्य गरी पिडितको घाउमा मल्हम लगाउने कार्यमा निरन्तर जुट्दै आएको हो ।यस्तै नेपाल प्रहरी श्रीमती संघले पनि सरसफाई अभियानमा सहभागिता जनाएको थियो ।
- भक्तपुर चाँगुनारायण मन्दिर परिसरमा भग्नावशेष हटाउने तथा सरसफाई अभियानमा सहभागि हुदै नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु ।
- काठमाडौँ कीर्तिपुर क्षेत्रमा भग्नावशेष हटाउने तथा सरसफाई गर्ने अभियानमा सहभागी हुँदै प्रहरी टोली
भुकम्पका कारण दुई लाख ८८ हजार सात सय ९८ वटा निजी घर पूर्ण क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ । १० हजार ७ सय ९० वटा सरकारी भवनलाई पूर्ण क्षतिग्रत छन् । यस्तै, दुई लाख ५४ हजार १ सय १२ निजी र १४ हजार नौ सय ९७ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
फोटो ः नेपाल प्रहरी











