बैशाख २६ झापा ।
नेकपा एमालेले झापाको कुमरखोदमा बर्षाैंदेखि सरकारी भवन कब्जा गरी पार्टी कार्यालय बनाएको खुलेको छ । मध्य दक्षिणी झापाको कुमरखोद– ९ मा रहेको राणाकालिन भवन एमालेले कब्जा गरी वर्षौदेखि पार्टी कार्यालय बनाएको हो । एमालेले सो भवनमा कुमरखोद गाविस स्तरीय पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।
२०४७ देखि नै सो भवन एमालेले कब्जा गरी एकलौटी रुपमा पार्टी कार्यालय कब्जा गरेयता स्थानीय स्थरमा एमालेको बिरोध हुदै आएको छ ।
स्थानीय देवी प्रसाद अधिकारका अनुसार उक्त भवनमा २०३९ साल सम्म हुलाक कार्यालय सञ्चालित थियो ।
त्रिभुवन प्राबी, गाविस भवन र सामुदायिक भवनको परिसरमा रहेको राणाकालिन भवनमा २००७ साल अघिसम्म मेची अञ्चलका बडाहाकिम बस्ने गर्दथे ।
पछिल्लो समयमा २००७ सालमा अन्तिम बडाहाकिम रुद्र सिंह (राजपुत) रहेको स्थानीय बृद्ध उगनलाल गणेशले बताउनु भयो । राणाकालमा सो भवनबाट बडाहाकिमले पुर्वाञ्चलका सरकारी कार्यालय नियमन गर्ने गरेका थिए ।
राणाशासनको अन्त्यसागै बडाहाकिमको पद खारेज भएस‘गै कार्यालय खाली बनेको थियो । सरकारी सम्पती हडपेर कसैले पनि बस्न नपाउने बताउदै नेपाल मुस्लिम नागरिक समाजका केन्दीय अध्यक्ष मसरुद्धिन अन्सारीले दण्ड, जरिवाना सहित कब्जा गर्नेलाई कारवाही गर्नुपर्ने बताउनु भयो ।
नरेन्द्र शर्मा झापाका प्रमुख जिल्ला अधिकारी भएको समयमा आफूहरु कारवाहीको माग गर्दे जिल्ला प्रशासन कार्यालयमा गएको तर हालसम्म पनि कुनै कारवाही नभएकोमा विरोध जनाउनु भयो ।
उहाले भन्नु भयो–‘एमालेको यो रबैया कहिलेसम्म चल्छ ?’ सरकारी निकायको बेवास्ता झन् शंकास्पद रहेको भनाइ उहॉको भनाई थियो ।
द्घन्दकालमा माओवादीले कब्जा गरेका घरजग्गा फिर्ता गर्न दवाव दिने प्रमुख मध्येको एउटा पार्टी एमालेले २५ बर्षदेखि सरकारी सम्पती हडपेर आफूखुसी प्रयोग गर्दा समेत सम्बन्धित निकाय मौन छ । स्थानीयले सो भवन खाली गराई क्षतीपुर्ती समेत भराउन माग गरेका छन् ।