महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ९ सय १२

महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ९ सय १२

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ २६ बैशाख ।

गत वैशाख १२ को विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ९ सय १२ पुगेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार घाइतेको संख्या  १६ हजार ३७ पुगेको छ । हालसम्म १० हजार ७ सय ६१ वटा सरकारी र सर्वसाधारणका २ लाख ७९ हजार २ सय ५४ घर पूर्ण रुपमा क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।

भूकम्पबाट सिन्धुपाल्चोकमा सबैभन्दा वढी ३ हजार ५७ जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यकामा मृतकको संख्य १ हजार २ सय २२ पुगेको छ ।यस्तै नुवाकोटमा ९ सय ७८ जना, धादिङमा ७ सय १८ जना, रसुवामा ४ सय ९१ जना, गोरखामा ४ सय १२ जना र काभ्रेमा ३ सय १७ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट भक्तपुरमा ३ सय १५ मृत्यु जना, ललितपुरमा १ सय ७६ जना, दोलखामा ७५ जना, मकवानपुरमा ३३ जना, रामेछापमा २७ जना र सिन्धुलीमा ११ जनाको मृत्यु भएको गृहले जनाएके छ ।

भूकम्बाट दुई लाख ८८ हजार सात सय ९८ वटा निजी घर र १० हजार ७ सय ९० वटा सरकारी भवनलाई पूर्ण क्षतिग्रत भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै, दुई लाख ५४ हजार १ सय १२ निजी र १४ हजार नौ सय ९७ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी