जाजरकोट, २५ बैसाख ।
जिल्लाको ढिमे १ दम्दालामा रहेको एक फलफुल व्यवसायीक नसरीले सामुदायीक वनलाई वार्षिक हजार विरुवा निशुल्क दिने आफ्नो कार्य योजना वनाएको छ ।
व्यवसायी फलफुल नसरी मालिकले आफ्नो लक्ष्य र उदेश्यहरुलाई समाजमा स्थापित गर्न यस्तो कार्ययोजना वनाएका हुन् ।
चार बर्ष देखि दम्दालामा व्यवसायी नसरी गर्न थालेका शिवबहादुर मल्लको प्रवीण हिउदे तथा वर्षे फलफुल नसरीमा सवै जातका फलफुल तथा गैरकाष्ठ वन पैदावार विरुवाहरु पाईन्छन् ।
उक्त नसरीमा पाईने विरुवाहरुमा फलफुल तर्फ सुन्तला, कागति, मौसम, जुनार, स्याउ, नास्पति र ओखर लगाएतका विरुवाहरु पाईने गर्दछन् भने, गैरकाष्ठ वन पैदावार तर्फ काउलो, तेजपात (दालचिनी), किमु, कोईर्याल, इपिल, टिम्मुर र रिठा लगाएतका विरुवाहरु पाईने गर्दछन् ।
ब्यवसायी नसरीवाट बार्षिक रुपमा ३ देखि साढी ३ लाख सम्म आम्दानी गरिरहेका शिवबहादुर मल्लले पेशामै आत्म निर्भर वन्ने वताए ।
उनले आफुले गरिरहेको पेशावाट कमाउनलाई विदेश जानु नपर्ने जनचेतना जागृत गर्ने, गाउका सामुदायीक वन संरक्षणमा टेवा पुर्याउने र जलवायु परिवर्तनवाट अनुकुलित हुनलाई सहयोग गर्ने मुख्य लक्ष्य रहेको वताए ।
साथै उनले आफ्नो नसरीले निशुल्क मयुरपंखि सामुदायीक वनलाई बार्षिक गैरकाष्ठ वन पैदावार हजार विरुवा दिने कार्ययोजना रहेको वताए ।
आफ्ना छोरा–छोरीको क्षमता र रुचीका आधारमा छोरा–छोरी पढाउने वताउदै शिवबहाुर मल्लले भने “व्यवसायी नसरी गर्नुका साथै १८ सय उचाईमा फल्ने मर्कट जातको सुन्तलाको फाराम खोल्ने सोचमा छु ।” उनको नसरीमा पाईने सवै जातका विरुवाहरुको खपत नहुदा आफुलाई हैरान पर्ने गरेको गुनासो मल्लले गरे ।
गत वर्ष जिल्ला कृर्षि विकास कार्यालयले स्याउका विरुवाहरु आफ्नो नसरीवाट खरिद नगरि बैतडीवाट खरिद गर्दा १० हजार स्याउका रुढस्टक उखेलेर फाल्नु परेको दुखेसो गर्दै मल्ल भन्छन् “आफ्नो नसरीमा उत्पादन गरेका सवै जातका विरुवाहरु खपतको लागी कोही सहयोगी निकायले सहयोग गरि दिए हुन्थ्यो, कम उचाईमा हुने विरुवाहरुको नसरीका लागी टेनल र व्यवसायी दक्षता हासिल गर्नको लागी उच्च खालको तालिमको आफुलाई कुनै दाताले व्यवस्था गरि दिए हुन्थ्यो ।”
हाल ३३ बर्षका शिवबहादुर मल्लले २०५७ साल देखिनै २ सय विरुवा सुन्तला वारीमा लगाएर नसरी प्रति रुची राख्दै आएका हुन् । उनले ५७ सालमै दैलेख वागवाणीमा ५ दिने सुन्तला नसरी सम्वन्धि तालिम लिई सकेका थिए । उनले त्यतिवेलानै १ किलो नाईटे ज्यामिर विउको नसरी स्थापना गरि ४ हजार विरुवा उत्पादन गरि ३ हजार विरुवामा ग्राफ्टीङ्ग सफल गरेका थिए ।
हाल दम्दालामै शक्तिबहादुर वली र किष्णबहादुर थापा, लहँ थाप्लाका गर्जनले सुन्तलाको मात्र नसरी गरिरहेको भएता पनि सवै जातका विरुवा उत्पादन गर्ने जिल्लाकै एक मात्र नसरी आफ्नो भएको भन्न रुचाउछन् शिवबहादुर मल्ल

