बैशाख २५ एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान महेन्ऽ सिंह धोनीलाई गलत तरिकाले जमिन लिएको आरोप लागेको छ ।
रााचीको कपर हमरु आवाश कोलोनीमा धोनीले गलत तरिकाले जमिन आफ्नो नाममा बनाएको भन्दै उनलाई आवास बोर्डले नोटिस पठाएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
धोनीले गलत तरिकाले जमिन आफ्नो नाममा बनाएको भन्दै यसअघि पनि कुरा उठेको भएपनि आवास बोर्डले भने त्यस विषयलाई गोप्य रुपमा अघि बढाइरहेको थियो ।
सन् २००४ मा भारतका लागि पहिलो एक दिवसीय क्रिकेट खेलेका ३३ वर्षका धोनी सफल कप्तान मानिन्छन् । उनको कप्तानीमा भारतले सन् २०११ को विश्वकप र सन् २००७ को ट्वेन्टी–ट्वेन्टी विश्वकप जितेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline