महेन्द्रनगर, २४ बैशाख ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी एच. सि. ए. प्रथम डे–नाईट टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार राति पनि ३ खेल सम्पन्न भएका छन । गयरातिका खेलमा ब्रिक्स्टन कलेज, एमएनआर यूनिटि र लक्ष्मी टेड्रस विजयी भएका छन् ।
हिमालय क्रिकेट एकेडेमी र लिटिलबुद्ध एकेडेमीले आयोजना गरेकोे प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा व्रिक्सटन कलेजले केकेआर ११ लाई ३० रनले पराजित गरेको छ ।
टस जितेर पहिले व्याटिङ् गरेको व्रिक्सटनले १५ ओभरको खेलमा १३ ओभरमा अल आउट हुदै १५३ रन जोडेको थियो । १५४ रनको लक्ष्य पटछ्याउने क्रममा केकेआरले १४ दशमलब २ ओभरमा अलआउट हुदै १२३ रन मात्र जोड्न सक्यो । व्रिक्सटनका लागि सर्बाधिक ९१ रन जोडेका भुपेन्द्र ऐरी म्यान अफ द म्याच भए ।
यस्तै गयराति सम्पन्न दोश्रो खेलमा सुनचाँदीलाई ४५ रनको फराकिलो अन्तरले पराजित गर्दै एम.एन.आर. यूनिटि विजयी भएको छ ।
पहिले टस जितेर व्याटिङ गरेको एमएनआरले निर्धारित १२ ओभर खेल्दै १ सय १५ रन बनायो । १ सय १६ रनको लक्ष्य पाएको सुनचाँदीे निर्धारित १२ ओभर खेल्दै ५ विकेटको क्षमीमा मात्र ७० रनमा सिमित भएपछि ४५ रनले पराजित भएको हो । एमएनआर यूनिटिका लागि ६ रन खर्चेर ४ विकेट लिएका भरत म्यान अफ द म्याच भए ।
यस्तै गयराति सम्पन्न हिजोको तेश्रो तथा अन्तिम खेलमा लक्ष्मी टेड्रर्सले रेडियो महाकालीलाई १७ रनले पराजित गरेको छ । १२ ओभरको खेलमा लक्ष्मी टेड्रर्सले दिएको ११७ रनको लक्ष्य पछ्याउने क्रममा रेडियो महाकालीले ७ विकेटको क्षतिमा १०० रन मात्र जोडेको थियो ।
लक्ष्मी टेड्रर्सका लागि शानदार ७ छक्का र ७ चौकाको मदतमा ८४ रनको पारी खेलेका दिपेन्द्र चन्द म्यान अफ द म्याद भए ।
प्रतियोगिता अन्तर्गत आज क्रस साईड र श्रीकेदार–११, युथ क्लव र रेडियो महाकाली तथा एमएनआर युनिटि र विन्दास–११ बिच प्रतिस्पर्धा हुनेछ । पं्रतियोगितामा २४ टिमको सहभागिता रहेकोे छ ।