खेल सकिनु १३ मिनट भित्र लियोनल मेसी र नेयमार चम्किए पछि स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब वायर्न म्युनिखलाई च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो लेगमा ३–० ले पराजीत गरेको छ ।
आज बिहान सम्पन्न प्रतिक्षीत यस खेलमा पहिलो हाफ् बराबरीमा सकिएको थियो ।
घरेलु मैदान नौ क्यापमा दोस्रो हाफ्को ७६ औं मिनेटमा बार्सिलोनाका लागि लियोनल मेसीले पहिलो गोल गरे र टिमलाई अग्रता दिलाए ।
त्यस पछि मेसीले नै ७९ मिनेटमा दोस्रो गोल गर्दै टिमको अग्रता दोव्वर पारे ।
यस बीचमा वायर्नले कुनै गतिलो आक्रमण गर्न सकेन र खेल सकिनु अघि ९० औ मिनेटमा मेसीको सहयोगमा ब्राजिलियन स्टार नेयमारले गोल गर्दै समग्रमा जर्मन क्लबलाई ३–० ले स्तव्ध पारे ।
अब वायर्नलाई फाईनल पुग्न कठिन देखिएको छ । उसले फाईनल पुग्नका लागि दोस्रो लेगमा वार्सामाथि कम्तीमा ४–० गोलको अन्तरले जीत निकाल्नु पर्ने छ ।
बार्सीलोनाले भने पछिल्लो १७ वटा खेलमा १६ जीत आत्मसात गरी बलियो स्थितिमा रहेको छ ।