भूकम्प भन्ना साथ पछिल्लो पुस्ताका धेरै नेपाली युवा र वालवालिकामा खतरनाक संकेत दिन थालेको छ । आज भोली साना धक्काहरु महसुस भएमा मानिसहरु तत्कालै घर या कार्यलय छाडेर हिडिरहेको देखिन्छ । यो किन भयो भने बैशाख १२ को महाभुकम्पले ल्याएको परिणाम थियो । जसले ९० साल माघ २ को बारेमा पढेका थिए सुनेका थिए उनीहरुले त्यो कथालाई जीवन्त रुपमा भोगे । यसले भूकम्प के हो ? कहिले सम्म यस्तो भूकम्प जान्छ र हाम्रो भविष्य के हुन्छ भन्ने ठूलो चिन्ता मानिसहरुमा यत्रतत्र देखिन्छ । हुन सक्छ मानिसहरुले अर्को संकट नआउदा सम्म फेरी यसलाई भुल्ने छन् ।
विश्वमा सबै भन्दा पहिलो भूकम्प चीनमा १८३१ बिसीमा गएको देखिन्छ । जसको कुनै मापन नभए पनि ठूलो क्षति त्यो बेलामा भएको मानिन्छ । यसै गरी बिसी ६० सम्म तीन वटा शक्तिशाली भूकम्प युरोपमा गएका थिए जसले ठूला ठूला क्षेत्रहरु तहस नहस पारे । त्यस पछि ईस्वी संवत १७ मा एशियामा गएको भूकम्प मापन भएको पहिलो भूकम्प हो जो ३७.८५ ल्याटीच्युड र २७.३ लङगीच्युड भएको मापन गरिएको थियो र यसले त्यतिखेर १३ वटा शहरहरु पूर्ण रुपले नष्ट गरेको ईतिहासविद्हरुको दावी छ । यस पछि पनि संसारका विभिन्न महादेशमा ठूला भूकम्पहरु गएका छन् जसले ससारमा धेरै परिवर्तन ल्याएको देखिन्छ । यस मध्य पछिल्ला संसारमा ठूलो जनधनको क्षति पुऱ्याउने गरी गएका २५ वटा भूकम्पहरुको बारेमा विवरण प्रस्तुत गर्दै छौं ।
१.नेपाल ( २०७२,२०४५,१९९०,१३१० )
अप्रील २५ २०१५ अर्थात विं सं २०७२ साल बैशाख १२ गते शनिबार दिनको ११ बजेर ५६ मिनट जॉदा गोरखा बारपाक केन्द्र बनाएर गएको ७.९ रेक्टर स्केलको भूकम्प पछिल्लो संसारभरमा गएको सबै भन्दा शक्तिशाली भूकम्प हो । जसले १० हजार भन्दा बढी मानिसहरुको ज्यान लियो भने नेपालको ऐतिहासीक चिनारी दिने धरहरा, काठमाण्डौंका ठूला सम्पदाहरु नष्ट मात्र गरेन सगरमाथामा समेत पहिरो चलायो र दर्जनौको ज्यान लियो । अरबौं डलर बराबरको क्षति गऱ्यो । यो भूकम्पको शक्ति २० थर्मो न्युक्लियर हतियार बराबरको रहेको अनुमान गरिएको छ । त्यसै गरी नेपालमा २०४५ सालमा पनि शक्तिशाली भूकम्प गयो भने १९९० सालमा गएको महाभुकम्पले काठमाण्डौमा ठूलो नोक्सानी पुऱ्याएको थियो भने १३१० मा मापन गरिएको भूकम्पले काठमाण्डौंको एक तिहाई जनसंख्या समाप्त पारेको थियो ।
२. जापान ( २०११ मार्च ११ )
जापानको तोहुकु प्रान्तमा आएको यो भूकम्प ९.३ रेक्टर स्केलको थियो । यो जापानको ठूलो भूकम्पहरु मध्य एक हो । यो विश्वको पाच शक्तिशाली भूकम्प मध्य एक रहेको छ । १५,८७८ जना मानिस यसका कारण मारिएका थिएृ । भूकम्प पछि आएको सुनामीका कारण धेरै अरु क्षति भएको थियो । यसले जापानमा दोस्रो विश्व युद्धपछिको सबै भन्दा ठूलो संकट ल्याएको थियो । यो सुनामीले आणविक भट्टीमा क्षति पुऱ्याएको थियो । यस समय नेपालले समेत जापानलाई केही सहायता दिएको थियो ।
३. हाईटी ( २०१० जनवरी १२ )
७ रेक्टर स्केलको यो भूकम्पले देशको राजधानी पोर्ट ओ प्रिन्सको धेरै क्षेत्रमा तहस नहस पारेको थियो । मुख्य भूकम्प पछि १२ दिन सम्म लगातार साना भूकम्पहरु गएका थिए । यस भूकम्पले तीन लाख १६ हजारको ज्यान गएको थियो ।
४. चीन ( २००८ मे ८ )
८ रेक्टरको यो भूकम्पले चीनको सिचुआन प्रान्तमा ठूलो क्षति पुऱ्याएको थियो । आधिकारीक तथ्याङक अनुसार ६९ हजार १ सय ९७ जनाको मृत्यु भएको थियो । चीन सरकारले सिचुवानको पुननिमार्णमा १ सय ४६ दशमलव ५ बिलियन अमेरीकी डलर खर्च गरेको थियो ।
५. पाकिस्तान कास्मीर ( २००५ , अक्टोबर ८ )
७.६ रेक्टरको भूकम्प भए पनि यसले झण्डै ९० हजार मानिसको ज्यान लिएको थियो । त्यस बाहेक जम्मु ताजिकिस्तान र पश्चिम चीनमा गरेर अन्य क्षेत्रमा यसले १४ हजार बढीको यस भूकम्पका कारण नागरिकहरुको मृत्यु भएको थियो । यो भूकम्प जादा विश्वभरबाट ५.४ अर्ब अमेरीकी डलर बराबरको सहायता जुटेको थियो ।
६. ईन्डोनेशिया ( २००४, डिसेम्बर ४, २००७ मा पनि )
सुमात्रा टापुमा हिन्द महासागरको किनाराबाट आएको भूकम्प ९.३ रेक्टरको थियो । यो सबै भन्दा लामो समय करीब १० मिनट सम्म आएको भूकम्प हो । यसले थाईल्याण्ड र माल्दिभ्स सम्म पनि धक्का दिएको थियो । भूकम्पका कारण आएको सुनामीले उत्तिकै क्षति पुऱ्याएको थियो । करीब २ लाख २५ हजार मानिसको मृत्यु त्यस समयमा भएको थियो । यसै गरी सुमात्रामा २००७ मा पनि ८.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
७. टर्की ( १९९० सेप्टेम्बर २० )
टर्कीको ईजमित शहरमा आएको ७.९ रेक्टरको यो महाभुकम्प ३ मिनेट ७ सेकेण्ड सम्म निरन्तर आयो । आधिकारीक तथ्याङक अनुसार १७ हजार १ सय २७ जना मात्र मानिसको मृत्यु भएको यस भूकम्पले त्यस शहरलाई पूर्ण रुपले क्षतिग्रस्त बनाएको थियो ।
८. ईरान ( १९९०, जुन २१ )
ईरानको रुदबार शहरमा आएको यस भूकम्पले यो शहर सहित ७ सय वटा गाउलाई नष्ट पारेको थियो । करीब ४० हजार मानिसको मृत्यु भएको भनिएको यो भूकम्पले २० औं करोड डलर बराबरको क्षति भएको थियो ।
९.चीन ( १९७६ जुलाई २८ )
चीनीया सरकारका अनुसार चीनमा भूकम्पका कारण मर्ने मानिसहरुको ठूलो संख्या थियो त्यो । जस अनुसार ६ लाख ५५ हजार मानिसहरुको मृत्यु भएको थियो ताङसान क्षेत्रमा । ८.२ रेक्टर स्केलको यो भूकम्प केबल १० सेकेण्ड मात्र गएको थियो । भूकम्पको कम जोखिमका कारण प्रतिरोधात्मक भवनहरुको कमी हुदा त्यो बेला धेरै क्षति भएको मानिएको छ ।
१०. पेरु ( १९७० मे ३१ )
मे ३१ १९७० मा आएको भूकम्प हो यो । समुन्द्र भित्रबाट आएको भूकम्पले युन्गे सहित विभिन्न शहरमा ७४ हजार भन्दा धेरै मानिसको ज्यान लिएको थियो । झण्डै ८ रेक्टर स्केलको भूकम्प थियो त्यो बेला । यस पछि सुनामी आएको थियो ।
११. चिली ( १९६० )
चिलीमा १९६० मा आएको ९.५ रेक्टर स्केलको भूकम्पले यस्तो धक्का दियो कि वैज्ञानिकहरुले भनेका छन् । यो भूकम्प र त्यही समयमा १ हजार एटम बम फाल्नु बराबर हुन्थ्यो । यो भूकम्पले मानवीय क्षति भने कम गरेको थियो । त्यो बेला ६ हजार मानिस हताहती भएका थिए ।
१२.सोभियत संघ ( १९४८ अक्टोबर ६ )
रुसको आस्बाघाटमा आएको भूकम्प ७.३ रेक्टरको थियो भनिन्छ । यसले पौने दुई लाख मानिसको ज्यान लिएको थियो । शुरुमा सरकारले यसको रिपोर्ट गर्न दिएको थिएन । तर पछि १९८८ डिसेम्बरमा रिपोर्ट सार्वजनिक हुदा १ लाख १० हजार मारिएको भनिएको थियो । भन्न त यस भूकम्पको कारण रुसको प्रथम एटम बमको परीक्षणका कारण आएको पनि भनिएको थियो । तर यसबारे एकीन धारणा छैन ।
१३. चीन ( १९२७ मे २२ )
७.९ रेक्टरको यो भूकम्पले चीनको सिनिङ क्षेत्रमा ४० हजार ९ सय मानिसको ज्यान लिएको थियो । तर अनुमान २ लाख जतिको मृत्यु भएको गरिएको थियो । ५ सय भन्दा धेरै स्कुल र अन्य सबै जसो भौतिक संरचना यसले नष्ट पारी मानिसको जीवन शैली नै अलग थलग बनाई दिएको थियो ।
१४. जापान ( १९२३ सेप्टेम्बर १ )
७.९ रेक्टर स्केलको यो भूकम्पले जापानमा ठूलो विनाश ल्यायो । ४ देखि १० मिनट सम्म आएको यो भूकम्पले टोकीयो सम्म ठूलो क्षति पुऱ्याउनुका साथै हजारौ मानिसको ज्यान लिएको थियो ।
१५. चीन ( १९२० डिसेम्बर १६ )
७.८ रेक्टरको यो भूकम्पले करीब २ लाख ४० हजार मानिसको मृत्यु भएको थियो । हाईयान प्रान्तमा भएको यो प्रकोपले ठूलो मानवीय तथा भौतिक क्षति गरेको थियो ।
१६. ईटली ( १९०८ डिसेम्बर २८ )
७.१ रेक्टर स्केलको यो भूकम्पले मेसिना र रेगियोको २ लाख सम्म मानिसहरुको ज्यान लिएको थियो । यसले मेसिनाको ९१ प्रतिशत संरचनाहरु ध्वस्त पारेको थियो ।
१७. ईरान ( १७२१ अप्रील २६ )
८० हजारदेखि २ लाख ५० हजार सम्म मानिसको ज्यान लिएको यो भूकम्पले ईरानको ताव्रिज शहरलाई क्षतविक्षत बनाएको थियो । यसलाई दुर्भाग्यको सगुनको रुपमा व्याख्या गरियो । यो क्षतविक्षत र आर्थिक कठिनाईको पृष्टभूमिमा अटोमन साम्राज्यले यस शहरमाथि कु गरेको थियो ।
१८. पोर्चुगल ( १७५५ नोभमेम्वर १ )
८.५ देखि ९ रेक्टर स्केल सम्म मापन गरिएको यो विनाशकारी भूकम्पले ठूलो सुनामी र ज्वालामुखी समेत निकालेको थियो । यसले पोर्चुगल साम्राज्यको लिस्वोन शहरलाई पूर्ण रुपले नाश गर्नुका साथै करीब १ लाख सम्म मानिस मारिएको अनुमान गरीन्छ यो बेला । यो भूकम्प पछि नै आधुनिक भूगर्भशास्त्र र भूकम्प ईन्जिनियरीङको अध्ययनको शुरुवात भएको थियो ।
१९. अजर बैजान ( १६६७ नाभेम्बर )
६.९ रेक्टर मापन गरिएको यो भूकम्पको धक्का क्षमता १० रेक्टरको जत्तिकै अनुभव गरिएको थियो । अजरबैजानको सेमाखा शहर नजिक आएको यो भूकम्पका कारण करीब ८० हजार मानिसको मृत्यु भएको थियो ।
२०. ईटाली ( १६६३ जनवरी ११ )
ईटलीको सिसिलीमा आएको यो भूकम्प ७.४ रेक्टरको भए पनि यसको धक्का ११ रेक्टर बराबर महसुस भएको थियो र यसले सिसिलीको धेरै क्षेत्र तहसनहस पाऱ्यो । यसले ७० वटा शहरहरु नष्ट पारेको थियो । ६० हजार मानिस मारेको यस भूकम्पले ल्याएको अर्को सुनामीले धेरै क्षेत्र प्रभावित पाऱ्यो ।
२१. चीन ( १५५६ जनवरी २३ )
भूकम्पको ठूलो मार खेप्ने चीनको सान्छीमा आएको यस भूकम्पले पहिलो पटक घातक भूकम्पको संज्ञा पायो । यसले क्षति यति पुऱ्यायो कि कुल शहरको जनसंख्याको ६० प्रतिशत मानिस सखाप भए । जसको संख्या ८ लाख ३० हजार भएको अनुमान गरिएको छ ।
२२. जापान (१४४८ सेप्टेम्बर २०)
सन् १४९८ को सेप्टेम्बर २० मा जापानको नानकिया शहरमा आएको शक्तिशाली भूकम्प ८.६ म्याग्नीच्युडको थियो । यसले ठूलो सुनामी समेत ल्यायो जसका कारण त्यो समयमा २६ देखि ३१ हजार मानिस मरेका थिए । बासो प्रायदीपमा पुगेको यो सुनामीले कोकुटुमा रहेको बुद्धको बिशाल मुर्ति रहेको भवन नष्ट पारेको थियो ।
२३. चीन ( १२९० सेप्टेम्बर २७ )
यो ६.८ रेक्टर स्केलको भनिए पनि यसको धक्का निकै ठूलो महसुस भएको थियो । भित्री मंगोलीयामा गएको यो भूकम्पले एक लाख भन्दा बढी मानिसको ज्यान लिएको थियो ।
२४. सिरीया ( ११३८ अक्टोबर ११ )
विश्वको चौथो शक्तिशाली भूकम्पमा सुचीकृत यस भूकम्प ८.५ रेक्टर स्केलको थियो । एलेप्पो शहरका २ लाख तीस हजार मानिसहरुको ज्यान लिएको यस भूकम्पले शहरको ठूलो भूभागका सरचनाहरु सखापै पारेको थियो ।
२५. ईरान ( २२ डिसेम्बर ८५६ )
त्यस अघिका सबै संसारका भूकम्पहरु भन्दा यो ठूलो थियो । यसले ईरानको तात्कालीन राजधानी दामघानलाई नष्ट पारेको थियो । ८ रेक्टरको भनिएको यस भूकम्पका कारण २ लाख मानिसहरु मारिएको अनुमान गरिएको छ ।
भूकम्पको मुख्य स्रोत एशिया !
भूकम्पको परिघटनाहरुको विवरण हेर्दा यसले पृथ्वीको एशियाली क्षेत्रमा बढी धक्का मारेको देखिन्छ । कुल २७ वटा भूकम्प मध्य १७ वटा एशियाली मुलुकहरुमा गएको देखिन्छ । त्यो मध्य पनि चीनमा सबै भन्दा धेरै ६ वटा गएको छ र मानिसहरु पनि अत्याधीक मारिएका छन् । त्यस पछि जापान पनि एशियाली मुलुक हो र यसमा पनि भूकम्पको नराम्रो क्षति देखिन्छ । तीन वटा माथि उल्लेखित भूकम्प जापानमा गएको छ भने ईन्डोनेशियाको खास गरी सुमात्रा टापुमा पटक पटक भूकम्प गएको छ । सन् १९०० देखि २००७ कै बीचमा झण्डै आधा दर्जन पटक यो क्षेत्रमा भूकम्प गएको छ । त्यस पछि ईरान, नेपाल, पाकिस्तान जस्ता एशियाली मुलुकमा भूकम्पले धक्का दिईरहेको प्रष्ट देख्न सकिन्छ । यसले के देखाउछ भने भूकम्पको ठूलो जोखिम एशियाली मुलुकभित्र रहेको छ ।
पछिल्लो साढे ११ सय वर्ष वरपरको यो मुख्य घटनाहरुको दृष्य हो । यस बाहेक पनि हजारौ भूकम्पहरु गएका छन् तर मुख्यतया मानव सभ्यतामा नै ठूलो चूनौती दिने यी भूकम्पहरुले मुख्य गरी एशियाली प्रायदीपमा प्रहार गरेको देखिन्छ ।
यो पृष्टभूमिमा पनि युरोपेली तथा अमेरीकी वैज्ञानिकहरुले उत्साहप्रद तरीकाबाट भूकम्पको बारेमा अध्ययन गरीरहेका छन् भने एशियाली मुलुकहरुमा यसको बारेमा ठूलो अध्ययन र चासो कम भएको छ । तसर्थ भावी दिनमा भूकम्पबाट बच्ने उपाय के हो ? पूर्व जानकारीको अध्ययन सफल होला कि नहोला ? यस विषयमा ध्यान दिनु जरुरी छ । अन्तरीक्ष सबै अध्ययन गरीसकेको विज्ञानले अब पातालको अध्ययनमा पनि सफलता हात पार्ने संभावना छ । अहिले बेलायत, पोल्याण्ड,नर्वे , डेनमार्क लगायतका मुलुकहरुले एजेन्सी स्थापनै गरेर भूकम्पको पूर्व जानकारीको अध्ययन गरीरहेको हुनाले भविष्यमा मानवजातिले त्यो सफलता हात पार्ने संभावना पनि देखिन्छ ।




