काठमाडौ वैशाख २३ ।
डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तरगतको पहिलो लेगमा युभेन्टससँग पराजित भएको छ । गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिड इटालियन क्लब युभेन्टससँग २–१ पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि अलवारो मोराटाले आठौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको २७ औं मिनेटमा रियलका लागि जेम्स रोड्रिग्वेजको क्रसमा क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए ।
तर ५७ औं मिनेटमा कार्लोस टेभेजले पेनल्टि मार्फत गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए । सेमिफाइनलको दोस्रो लेग आउँदो बुधबार रियलको घरेलु मैदानमा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline