सरकारको आदेशको दुई दिन वित्दा पनि भारतीय सेनाले किन छाडेन काठमाण्डौं ?

सरकारको आदेशको दुई दिन वित्दा पनि भारतीय सेनाले किन छाडेन काठमाण्डौं ?

  • मङ्लबार, बैशाख २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

वैशाख २२, काठमाडौं । सरकारले बैशाख १२ गतेको महाभुकम्प पछिको विनाशमा उद्धारका लागि आएका टोलीहरुलाई फिर्ता जान आदेश दिए पनि भारतीय सेनाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल छाडेको छैन । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले सबै विदेशी कुटनीतिक नियोगलाई त्यस्तो आदेश दिनु भएको थियो । तर यो आदेशबारे कुनै पनि प्रतिकृया नदिई भारतीय सेना बसिरहेको छ ।
जे.एस. सन्धुको नेतृत्वमा उनीहरु विमानस्थलमा क्याम्पै खडा गरेर बसेका छन् । यतिबेला त्रिभुवन विमानस्थलमा क्याम्प बनाएर बसेका छन् ।
नेपालमा यतिखेर १३ वटा हेलिकोप्टर, २८ वटा मेडिकल टीम र १४१५ जना उद्धारकर्मी सेना रहेको भारतीय पक्षले जनाएको छ । ०६५ सालमा सप्तकोशीमा बाढी आएर भएको विपत्तीका बेला नेपाल प्रवेश गरेका भारतीय सैनिक टोली अझै पनि विराटनगरमा क्याम्प बनाएर बसिरहेको छ । नेपाली सार्वभौम सत्तालाई चूनौती दिदै आएको भारतीय पक्षले अझै पनि त्रिभुवन विमानस्थल नछाड्ने हो भने नेपालको राष्ट्रिय स्वतन्त्रतामा गंभीर प्रश्न आउने चिन्ता बुद्धीजीवीहरुले गरेका छन् । एक बुद्धीजीवीले नाम उल्लेख नगर्ने शतमा बताए अनुसार भारतले विभिन्न बहाना बनाएर विमानस्थलमा अड्डा बनाउने षड्यन्त्र गरेको आशंका गर्दै मन्त्रीपरिषद् बैठक बसेर अविलम्व भारतीय सेनालाई फिर्ता पठाउन औपचारीक निर्णय गर्नु पर्ने बताए ।
यस अघि देखि नै भारतीय सेनाले नेपालमा उद्धारका लागि आएका जहाजहरुलाई नेपालको उत्तरी छिमेकी मुलुक चीनको हवाई सीमा क्षेत्रमा उडाएर अन्तराष्ट्रि सन्धिको उलंघन गर्दा समेत सरकारले केही बोलेको छैन । त्यसै गरी भारतीय पत्रकारहरुले गलत अफवाह फैलाउदै नेपाल प्रहरीमाथि पोखरामा हातपात गर्दा समेत उनीहरुलाई कार्बाही हुन सकेन । सरकारले यस्तै लाचारी र निरीहता देखाउने हो भने भारतले नेपालको काठमाण्डौमा गतिविधि गरेर सार्वभौमिकता संकटमा पार्न सक्ने चिन्ता शुरु भएको छ । दार्चुलाको कालापानीमा समेत दशकौदेखि भारतीय सेनाले नेपाली भूमि कब्जा गरेर बसिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी