काठमाडौं वैशाख २१ इङ्लिस प्रिमियर लिगको यसवर्षको उपाधि इङ्लिस क्लब चेल्सीले जितेको छ । गएराति क्रिस्टल प्यालेसलाई १–० ले पराजित गर्दै चेल्सी चौथो पटक लिग च्याम्पियन बनेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा इडेन हाजार्डले गरेको निर्णायक गोलको मदतमा चेल्सीले चौथो पटक उपाधि जितेको हो । हाजार्डले ४५ औं मिनेटमा गोल गरेका थिए ।
सन् १९५४÷५५ को सिजनमा पहिलोपटक उपाधि जितेको चेल्सीले पछिल्लो पटक २००९÷१० को सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो । सन् २००४ देखि २००७ सम्म चेल्सीको मुख्य प्रशिक्षक रहेका जोसे माउरिन्होले दोस्रो पटक टिम सम्हालेपछिको यो पहिलो प्रिमियर लिग उपाधि हो ।
उनी सन् २०१३ मा इङलिस क्लब चेल्सी फर्किएका थिए । चेल्सीले ३५ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ६७ अंक रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline