बैशाख २१ काठमाण्डौं ।
भूकम्पमा परेर मृत्यु भएका पत्रकार सुमन बम्जनका परिवारलाई थाहा मिडिया ग्रुपले ३ लाख नगद आर्थिक सहयोग गरेको छ ।
थाहा मिडिया ग्रुरुपकी अध्यक्ष अस्मिता सुमार्गीले आज प्रेस विज्ञप्ति निकालेर बम्जनको घर पुनर्निर्माण र राहतका लागि ३ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएकी छन् ।
काठमाडौंको महाबौद्धस्थित डेरामा बस्दै आएको घर भत्किएर पुरिँदा बम्जनको मृत्यु भएको थियो । बम्जनको शव एक सातापछि भग्नावशेषबाट निकालिएको थियो ।
हेटौडा उपमहानगरपालिका १० स्थायी घर भएका बम्जनको घर पनि भूकम्पले क्षतिग्रस्त भएको छ । खेल पत्रकार बम्जन गोर्खापत्र दैनिकमा आबद्ध थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline