जीवन अभै पीडा झेलिरहेको छ

जीवन अभै पीडा झेलिरहेको छ

  • बुधबार, बैशाख १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

बैशाख १७ काठमाण्डौ । धेरै वर्षदेखि नै विज्ञहरुले काठमाण्डौं भूकम्पको जोखिममा छ । यहाको घर संरचना र जमिनमुनि पानी जान नसक्ने अवस्था एवं भित्रको भूमिगत पानीको स्रोत समाप्त पार्दा अझ समस्या हुन्छ भन्ने कुराहरु पहिले देखि नै सार्वजनिक भएकै थिए । तर यसमा सरकारले खास नीति बनाएर पूर्वाधार तथा घर निर्माणमा उपयुक्त अनुसन्धानका आधारमा नीति तयार गरेन । यसरी दीगो सोच नहुदा काठमाण्डौंमा भवनहरु जथाभावी निमार्ण भए । जीर्ण भएका संरचनाहरु यथावत राखिए । बाटोहरु धेरै तिर अझै पनि फराकिलो पार्न सकिएन । फलस्वरुप आज उपत्यका भित्रै मानिसहरुले ठूलो पीडा झेलिरहेका छन् । उपत्यकामा मृतकहरुको संख्या तुलनात्मक रुपले कम देखिए पनि जीवन पीडाका हिशाबले अब दशौं लाख मानिस ठूलो पीडामा देखिन्छन् ।

जता गयो उतै भत्किएको । मानिसहरु धेरैले अझै पनि आश्रय पाउन सकेका छैनन् । ठूलो संख्यामा मानिसहरु गाउ फर्किरहेका छन् ।
विश्व समुदायबाट राहत र उद्धारको कामहरुका लागि सहयोग आईरहेको छ । तर अझै पनि उद्धार तथा राहतका लागि दुर्गम क्षेत्रमा सरकार पुग्न सकेको छैन । यत्रतत्र उनीहरुले उठाईरहेका आवाजहरु सुन्दा अझै पनि सरकार कहा छ भन्ने अनुभुति हुन्छ नागरिकलाई । यो पीडादायी जीवन अब कहिले सम्म ? तत्काल राहत र पुनस्थापनाका लागि सरकार अझ गंभीर भएर लाग्नु पर्ने देखिन्छ । प्रचारमा आए जस्तो राहत नागरिकको हातमा छैन है ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी