अपार्टमेन्टको नामै सुन्दा तर्सिन थाले मानिस

अपार्टमेन्टको नामै सुन्दा तर्सिन थाले मानिस

  • बुधबार, बैशाख १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाण्डौं १६ बैशाख । काठमाण्डौंमा जनसंख्या बढी भयो , अब व्यवस्थापनका लागि सीमित जग्गामा ठूला ठूला अपार्टमेन्ट बनाएर धेरै मानिस बसाउन ठूला हाउजिङ कम्पनीहरु खुले । उपत्यकाका धेरै स्थानमा अपार्टमेन्टहरु बने धेरैमा मानिसहरु खरीद गरेर बसेका पनि छन् । कतिपय अग्रिम पैसा दिएर बनाउने क्रम पनि जारी थियो । कोहीको सपना अब अपार्टमेन्टमा बस्ने पनि थियो ।
तर अब बैशाख १२ पछिको भूकम्पले अपार्टमेन्ट हल्लाएको र चर्काएको देखे पछि धेरै मानिस अपार्टमेन्टमा हैन अब साना साना घर बनाउनु पर्ने रहेर छ भनेर चर्चा गर्न थालेका छन् ।
बाटोभरी ठूला अपार्टमेन्ट छेउमा हिड्दा पनि मानिसहरु अलि हतारिएर हिडेको देखियो । डिल्लीबजार कालिकास्थानमा बनेको अग्लो घरले पिङ खेलेको देखेपछि त्यस क्षेत्रका स्थानीयहरु यही घर लडेर भेट्छ कि भन्दै वरपर कुदीरहेको देखिन्थ्यो ।
त्यस्तै बसुन्धराको होराईजन अपार्टमेन्ट , गोगबुमा रहेका अपार्टमेन्टहरु , र मल तथा कम्प्लेक्सहरु धेरै चर्किए पछि त्रसित भएका जनताले अब काठमाण्डौंमा सानो एक देखि दुई तल्ला सम्मको घर मात्र बनाउने भन्न थालेका छन् । भाडामा लगाएर टन्न पैसा कमाउन अग्ला घर बनाएकाहरु पनि अहिले पाल र गाडीको बास पछि अब घर छोटो पार्ने भनेर लागेका छन् ।
सरकारले भूकम्पीय जोखिम उच्च रहेको काठमाण्डौंमा भवन मापदण्ड र आचार सहिता निश्चित गरेर कार्यन्वयन नगर्दा काठमाण्डौं अनियन्त्रित र अव्यवस्थित बनेको छ । अहिलेको भूकम्पले जे पाठ सिकाएको छ , काठमाण्डौंलाई प्राकृतिक प्रणालीमा चल्न सक्ने गरी भवन संरचना, ढल व्यवस्थापन, एवं पानीको बोरीङ कम गर्ने जस्ता काममा नलाग्ने हो भने आगामी दिनमा फेरी फर्कन सक्ने यस्ता विनाशकारी भूकम्पले के अबस्था ल्याउने हो त्यो भन्न निकै कठिन देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी