भारतमा जारी ८ औ आईपिएल क्रिकेटमा गएराति सम्पन्न खेलमा राजस्थान रोयल्स रोयल च्यालेन्जर्स व्याङलोरसग‘ ९ विकेटले पराजीत भएको छ । पहिले व्याटीङ गरेको राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको ब्याङलोरले एक विकेट मात्र गुमाएर १६.१ ओभरमा लक्ष्य पुरा गर्यो । राजस्थानले रहानेलाई १८ र सेने वाटसनलाई २६ र स्थिथ ३१ रन बनाउनु बाहेक अन्य व्याटस्म्यान सस्तैमा गुमाएको थियो । ब्याङलोरका लागि अष्ट्रेलियन बलर मिचेल स्टार्कले तीन विकेट लिए । पछि जवाफी व्याटीङ गरेको व्याङलोरका लागि विराट कोहलीले ६२ तथा एभिडिभिलियर्सले ४७ रन बनाएका थिए । क्रिस गेल भने २० रनमा आउट भएका थिए । आजको खेलमा मुम्वई ईन्डियन्स र हैदरावाद तथा चेन्नई सुपर किङस र किङस ईलेभेन पञ्जावबीच खेल हुदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline