काठमाण्डौ ,११ वैशाख । एफसी अण्डर १४ महिला फुटबल प्रतियोगीताको पहिलो सेमिफाईनलमा आज नेपालले बंगलादेशको सामना गर्दै छ । दशरथ रंगशालामा दिउसो १ बजे हुने खेलमा नेपालले बलियो प्रतिद्धन्दी भएपनि भारतसँग उत्कृष्ट प्रदर्शन गर्ने गर्ने अपेक्षा गरिएको छ ।
समुह एमा अपराजित रहदै नेपालले अन्तिम चारको स्थान पक्का गरेको हो । नेपाली महिला टोलीले समुह चरणमा इरानलाई ३ –२ ,मालदिभ्सलाई १० –० र श्रीलंकालाई ८ –० ले पराजीत गरेको थियो ।
,यता भारत समूह बीको उपविजेता टोली हो । तीन टोली समावेश समुह बी मा भारतले भुटानलाई १२ –० ले पराजीत गरेको थियो । बंगलादेशसँग भने १ –१को बजाराबरीमा समेटियो ।
यस्तै , आजै अपरान्ह ४ बजे हुने दोस्रो सेमिफाईनल खेलमा बंगलादेश र इरान भिड्नेछन् । समूह एको उपविजेता टोली ईरान र समुह बीको विजेता विजेता बंगलादेशबीचको खेल पनि निक्कै रोमान्चक हुने अपेक्षा गरिएको छ ।