काठमाडौं, १० बैशाख ।
एएफ्सी अण्डर फोर्टिन महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएके छ ।
हिजो भएको खेलमा श्रीलंकालाई ८-० को फराकिलो अन्तरमा हराँउदै नेपालले कठिन प्रतिद्धन्दी भारत विरुद्धको सेमीफाइनल भिडन्त तय गरेको हो ।
समूह चरणमा सत्प्रतिशत नतिजाकासाथ नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेपछि अर्को समुहको उपविजेता टोली भारतलाई प्रतिद्धन्दी पाएको हो । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा ईरान र बंगलादेश भिड्ने छन् ।
नेपालको समूहबाट ईरान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । दुबै सेमिफाइनल खेलहरु भोलि दशरथ रंगशालामा हुनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline