रियाल मड्रिड र युभेन्टस युएफा च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियाल मड्रिड र युभेन्टस युएफा च्याम्पियन्स लिगको सेमिफाइनलमा

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, १० बैशाख ।

स्पेनको रियाल मड्रिड र ईटालीको युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराती आफ्नै मैदानमा भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा रियाल मड्रिडले आफ्नै शहरको प्रतिद्धन्दी एथ्लेटिको मड्रिडलाई १-० ले हरायो ।

खेलमा रियाललाईविजयी गराउन हेभियर हर्नान्डेजले निर्णायक गोल गरे । यसअघि एथ्लेटिको मड्रिडको मैदानमा सम्पन्न पहिलो लेगको खेल गोलरिहत बराबरीमा सकिएको थियो ।

गएराती भएको अर्को खेलमा इटालीको युभेन्टसले फ्रान्सको मोनाकोसँग गोलरहित बराबरी खेलेको छ ।

मोनाकोको मैदानमा सम्पन्न दोस्रो लेगको खेल बराबरीमा सकिएपछि युभेन्टस समग्रमा १-० ले विजयी भएको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगको खेल युभेन्टसले १-० ले जितेको थियो ।

गएरातीका खेलहरुसँगै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ । यसअघिका क्वाटरफाइनल खेलहरु जित्दै स्पेनिस जायन्ट बार्सीलोना र जर्मनीको बायर्न म्युनिख सेमिफाइनलमा पुगिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी