आई क्यु कन्टेष्ट तमाम नेपाली युवा तथा विद्यार्थीहरु एवं वौद्धिक वर्गमा लक्षित शीर्षक हो । यसमा हामी विभिन्न विषयमा प्रत्यक साताको एक पटक जानकारी दिनुका साथै विभिन्न विधा भित्र रहेर ५ वटा प्रश्नहरु गर्ने छौं । ती प्रश्नहरु मध्य तपाईहरुले उत्तर पठाउनु पर्ने छ । जसले सबै भन्दा धेरै प्रश्नहरुको सही उत्तर पठाउनु हुने छ उहॉलाई नै साताको विजेता घोषित गरी आकर्षक पुरस्कार दिईने छ । यदी सही उत्तर मिलाउनेहरुको संख्या एक भन्दा बढी भएमा गोलाप्रथाद्धारा विजेता छनौट गरीने छ । जसको सही उत्तर तपाईले यस वेभसाईटको ईमेल mirmireonline@gmail.com मा पठाउनु पर्ने छ । यसका साथमा तपाईले आफ्नो पासपोर्ट साईजमा देखिने फोटो र सही ठेगाना समेत पठाउनु होला ।
तपाईका लागि यस साता निम्न लिखित प्रश्नहरु छन् ।
१. मूर्खताको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
२. सूर्यबाट पृथ्वीमा प्रकाश कतिसमयमा आई पुग्छ ?
३. कम्वोडियाका एक व्यक्तिको नाम भन्नुस् जो राजा, प्रधानमन्त्री र राष्ट्रपति भएका थिए ?
४. विश्वमा सबै भन्दा छोटो समय राज्य गर्ने व्यक्ति को हुन ?
५. नेपालले सबै भन्दा पहिले दौत्य सम्बन्ध कुन देशसग‘ गासेको थियो ?