पर्वतमा ३० प्रतिशत मात्र परिवार नियोजनको स्थायी साधन प्रयोग

पर्वतमा ३० प्रतिशत मात्र परिवार नियोजनको स्थायी साधन प्रयोग

  • शनिबार, बैशाख ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

पर्वत, ५ बैशाख ।

पर्वत जिल्लामा ३० प्रतिशत मानिसले मात्रै परिवार नियोजनका अस्थायी साधनहरु प्रयोग गर्दै आएका छन् ।

जिल्लामा परिवार नियोजनका साधनको प्रयोग गर्ने उमेर समुहका ब्यक्तिहरु ठुलो हिस्सा बिदेशमा हुनु तथा जनचेतनाको कमीले साधन प्रयोग गर्नेको दर बढ्न नसकेको हो ।

मुलुकभर परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या ४३ प्रतिशत रहेको छ तर पर्वतमा भने जम्मा ३० प्रतिशतले मात्रै प्रयोग गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

परिवार नियोजनका साधन प्रयोग गर्ने राष्ट्रिय दरभन्दा जिल्लाको दर थोरै रहेको कार्यालय प्रमुख डा.बिनोदकुमार गिरीले बताएका छन् ।

राष्ट्रिय दरसम्म पु¥याउनका लागि बिभिन्न कार्यक्रमहरु प्रभाबकारी रुपमा सञ्चालन गर्ने योजनामा रहेको उहाँको भनाई छ । पर्वत जिल्लाको ३० हजारभन्दा बढी जनसंख्या बिदेशमा छ ।

उमेर पुगेका पुरुष महिलाहरु बिदेशमा हुने तथा गाउँमा बृद्ध र बालबालिकाहरुको संख्या बढी भएकाले पनि प्रयोग गर्ने दर कम भएको कार्यालयको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी