स्याङजा ५ बैसाख ।
स्याङजाको बालिङमा आज भन्दा झन्डै अठार बर्ष अगाडी स्थापित ब्यापारिक सस्थाँ बालिङ उधोग बाणिज्य सघँको यति बेला अधिबेशनको चटारोले तताएको छ ।
यहि बैशाखको अन्तिम हप्ता हुन लागेको अधिबेशन लाई लिएर नेपाली काग्रेस एमालेले आ- आफ्ना उम्मेदबार लाई अगाडी सारेका छन ।
दुबै पार्टीले सकेसम्म सर्बसम्मत अध्क्षय लिने सहमति नभए निबार्चन सम्म लडने तयारीमा दुबै देखिन्छन । बालिङको पेचिलो राजनितिक प्रतिष्ठाको रुपमा लिने बाणिज्य सघँ आफ्नो पोल्टाबाट फुत्किए आफ्नो दलको गतिबिधी कमजोर हुने आकँलन दुबै दलले गरेका छन।
बिशुद्द ब्यापरिक सँस्था भनिएपनि काग्रेस एमालेले यसलाई गतिलो राजनितिक लडाई लडने मैदानको रुपमा प्रयोग गरेपछि अधिकाश ब्यबसायी भने असन्तुष्ट देखिन्छन ।
अधिबेशनमा अध्क्षयका लागि काग्रेस बाट पुर्ब अध्क्षय ल्या याम बहादुर गुरुङ र हालका बरिष्ठ उपाअध्क्षय अर्जुन प्रसाद खनाल लाई अगाडि सारेको छ भने एमालेबाट हालका अध्क्षय पुण्य प्रसाद अर्याल र शोभाकान्त पौडेल लाई अगाडि सारेको छ ।
गुरुङ र खनाल दुबै काग्रेसका बालिङमा बरिष्ठ नेता हुन भने खनाल काग्रेसका नगर सचिब समेत हुन भने एमालेबाट अर्याल क्षेत्रिय सदस्य हुन भने पौडेल नगर अध्क्षय हुन ।
यसै बिचमा समेत काग्रेस लाई काग्रेस भित्रैकै सस्थाँपन गुट र एमाले हराउन एमालेकै केपि गुट दल निकट नेता दाबि गर्छन ।
अगिल्लो अधिबेशनमा एमालेले चुनाब लडेर सघँमा कब्जा जमाएपछि काग्रेसले ईगो साधेर बसेकोले पनि चुनाब कडै हुने बुझिएको छ । यता माओबादी,जनमोर्चा,राप्रपा लगाएतका दल भने चुनाब नगरी सहमतिमा जान दबाब दिएका छन ।