आइपीएलमा मुम्बईको चौथो हार, चेन्नइ विजयी

आइपीएलमा मुम्बईको चौथो हार, चेन्नइ विजयी

  • शनिबार, बैशाख ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

नयाँ दिल्ली, ५ बैशाख । 

इन्डियन प्रिमियर लिग (आइपिएल( मा शुक्रबार राति मुम्बई इन्डियन्सको लगातार चौथो हार भएको छ भने चेन्नई सुपर किंग्सले जितेको छ।

मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो।

मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ६४ रनको पारि खेले। यस्तै कप्तान रोहित शर्माले ५० रनको पारी खेलेका थिए। चेन्नईका लागि आशिष नेहराले ३ तथा ब्राभोले २ विकेट लिएका थिए।

१८४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको चेन्नईले ओपनर द्वाने स्मिथ र म्याकुलमको उत्कृष्ट सतकीय साझेदारीको सहयोगले १६।४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। चेन्नइका लागि स्मिथले ६२ तथा म्याकुलमले ४६ रन बनाए। यस्तै शुरेश रैनाले अभिजित ४३ रनको योगदान दिए।

मुम्बइका लागि हरबजन सिंहले २ तथा मालिंगा र पोलार्डले १(१ विकेट लिएका थिए। शुक्रबारको खेलसँगै आइपीएलमा राजस्तान रोयल चार खेलबाट शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ।

यस्तै ४ खेलमा ३ खेलमा विजयी भएको चेन्नई दोस्रो स्थानमा छ। यता शुक्रबार पराजित मुम्बई भने सबै चार खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी