जाजरकोटमा फैलदो रोग नियन्त्रण गर्न माग

जाजरकोटमा फैलदो रोग नियन्त्रण गर्न माग

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौँ ४ बैसाख ।

जनस्वास्थ्यकर्मी महासंघले जाजरकोटमा एक महिना अघिक़बाट फैलिएको अज्ञात रोग प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा माओवादी निकट रहेको जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डम्बर रावलले हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा भनिएको छ । अहिले सम्म १८ जनाले ज्यान गुमाएका छन् हजारौको संख्यामा बिरामिहरु गाउँमै अलपत्र रहेको समाचारहरु प्रकाशन प्रशारण भैरहेका छन् । तर यसप्रति सरकारको कुनै ध्यान दिएको देखिएको छैन ।

समयमै ध्यान नदिएका कारण यसभन्दा अघि २०६५ मा दुइसय भन्दा बढी नागरिकले अकलामै ज्यान गुमाउनु परेको कुरा स्मरण गराउदै अहिले फेरी जिल्लामा फैलिएको अर्को महामारी प्रति समयमै गम्भीर बन्न र यथासक्य चाडो आबस्यक कदम चाल्न ध्यानाकर्षण गराउदछौ ।

पैक गाबिसबाट सुरु भएको रोग ताले गाउँ, आथाली, भिमे,डाडा गाउँ, रोकायाबाडा, नायकबाडालगायात झन्डै एक दर्जन गाबिसमा फैलिएर सयौको संख्यामा जनता बिरामी भैरहेको समाचार आइरहेका छन् ।

ति मध्य १२ जनाको स्याम्पल सङ्कलन गरी काठमाडौँ ल्याइएको बुझिएको छ । उक्त ल्याब टेस्टमा ३ जनामा स्वाइनफ्लु भएको पुष्टि समेत भएको छ । तर त्यो क्षेत्रमा अझै के भएको हो भनेर सरकारले केहि एकिन गर्न सकेको छैन ।

स्वाइनफ्लु भएको बिरामी र तिनका आफन्तलाई पनि त्यसको संबेदनशील्ताबारे जानकारी दिएको छैन । ज्ञापनपत्रमा अगाडी भनिएको छ यस्तो भयाबह अबस्था देखा पर्दा पनि सरकारले तत्काल आबस्यक ध्यान नपुर्याउनु निकै आपत्तिजनक कुरा हो ।

त्यस्तै ज्ञापनपत्र मार्फत जनस्वास्थ्यकर्मी महासंघले यथासक्य छिटो उक्त क्षेत्रमा प्रयाप्त औसधि दक्ष स्वास्थ्यकर्मिहरुको अभियान सन्चालन गरेर टीम परिचालन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी