गाईघाट क्षेत्रमा झाडापखालाको प्रकोप बढ्यो

गाईघाट क्षेत्रमा झाडापखालाको प्रकोप बढ्यो

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

उदयपुर, ४ वैशाख ।

केही दिनयतादेखि त्रियुगा नगरपालिका क्षेत्र तथा सदरमुकाम गाईघाटलगायत जिल्लाको पूर्वी क्षेत्रमा झाडापखालाको प्रकोप बढ्दै गएको छ ।

त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडाका साथै सदरमुकाम गाईघाट क्षेत्रमा समेत झाडापखालाको प्रकोप बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् ।

अहिले झाडापखालाको कारण दैनिक ३० देखि ५० जनासम्म बिरामी उपचारको लागि जिल्ला अस्पतालमा आउन थालेको अस्पतालले बताएको छ ।

जिल्लाको पूर्वी क्षेत्रको सुन्दपुर, हँडिया, जोगिदह तथा तपेश्वरी क्षेत्रमा समेत केही दिनदेखि झाडापखाला फैलन थालेको हँडियाका स्थानीय कुमार खत्रीले बताएका छन ।

झाडापखालाबाट प्रभावित बिरामीमध्ये केही उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा जाने गरेका छन् भने केही जिल्ला अस्पताल आउने गरेको स्थानीयवासीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी