दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मारमा

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मारमा

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

खोटाङ, ४ वैशाख ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा त्यस क्षेत्रका हजाराँै सर्वसाधारण मारमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयको एक प्राथमिक स्वास्थ्य केन्द्र, एक मेडिकल अधिकृत भन्ने अवधारणा भएपनि तोकिएअनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मारमा परेका हुन् ।

एक मेडिकल अधिकृतसहित १३ जनाको दरबन्दी रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा हाल छ जना स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् ।

कार्यालय प्रमुखको रुपमा काम गरिरहेका वरिष्ठ अहेब राजकुमार दासका अनुसार मेडिकल अधिकृत र स्टाफनर्स हालसम्म कार्यालयमा उपस्थित नै भएका छैनन् ।

सरकारले पर्याप्त भवन बनाइदिएको भएपनि त्यो प्रयोगविहीन भएको छ । यस विषयलाई लिएर पटक–पटक स्वास्थ्य मन्त्रालय गएपनि सुनुवाइ नभएको खोटाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सभासद् विशाल भट्टराईले बताएका छन् ।

स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा विशेषगरी सुत्केरी र शव परीक्षणमा समस्या भएको स्थानीयवासीको भनाइ छ । उनीहरू भन्छन्, “स्वास्थ्यकर्मी नहुँदा अधिकांश बिरामी हेलिकेप्टर चार्टर गरेर बाहिर लैजानुपर्छ, उपचार खर्चभन्दा यातायात भाडा धेरै तिर्नुपर्दा समस्या भएको छ ।”

त्यस क्षेत्रमा हुने घटना तथा दुर्घटनामा मृत्यु भएकाको शव परीक्षण गर्न रु २५ देखि ३० हजार खर्च गरेर उदयपुरको गाईघाट अथवा दिक्तेल पु¥याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य सहयोग समितिका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी