आइपीएलमा राजस्थानको चौथो जित, हैदरावाद पराजित

आइपीएलमा राजस्थानको चौथो जित, हैदरावाद पराजित

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

नयाँ दिल्ली, ४ बैशाख ।

आईपीएलको जारी प्रतिस्पर्धामा राजस्थान रोयल्सले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। बिहीबार भएको प्रतिस्पर्धामा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ।

निकै रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम बलमा हारजितको टुंगो लागेको थियो । अन्तिम बलमा राजस्थानलाई एक रनको आवश्यकता थियो । जेम्स फाननरले चौका प्रहार गरेर आफ्नो टिमलाई जित दिलाए।

आइपीएलको यो सिजनमा राजस्थान रोयल्सको यो चौथो जित हो । अहिलेसम्म राजस्थान रोयल्सले एक खेल पनि हारेको छैन ।

राजस्थानको जितका लागि १२८ रनको लक्ष्य पाएको थियो । जुन उसले चार विकेट गुमाएर हासिल गरेको थियो । अजिंक्य रहाणे र सन्जुले शानदार सुरुवात गरेका थिए । रहाणेले अन्तिममा ६२ रनको पारी खेलेर आउट भए । जबकि सन्जु सैमसनले २६ रन बनाए ।

पहिला ब्याटिङ गर्दै सनराइजर्स हैदरावादले २० ओभरमा पाँच विकेट गुमाएर १२७ रन बनाएको थियो । प्रतियोगितामा शिखर धवन १० र डेभिड वार्नरले मात्र २१ रन बनाए ।

मार्गनले सर्वाधिक २७ रन बनाए भने नमन ओझाले २५ रनको योगदान दिए । रवि बोपारा र आशिष रेड्डीले अन्तिममा केही तिब्र रन बनाएर स्कोरलाई केही सम्मानजनक बनाउन सहयोग गरेका थिए । बोपाराले २३ र आशिषले नौ बलमा १३ रन बनाएका थिए । एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी