जुम्लामा पनि ‘स्वाइन फ्लु’ भएको आंशका

जुम्लामा पनि ‘स्वाइन फ्लु’ भएको आंशका

  • बिहिबार, बैशाख ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

 कालिकोट,३ वैशाख  ।

जुम्लामा पनि ‘स्वाइन फ्लु’ भएको आंशका गरिएको छ । जाजरकोटका ‘स्वाइन फ्लु’का बिरामीलाई जस्तै लक्षण जुम्लाका बिरामीलाई देखिएपछि ‘स्वाइन फ्लु’ भएको चिकित्सकहरुले आंशका गरेका हुन् । तर, चिकित्सकहरुले अहिलेसम्म जुम्लाका बिरामीलाई ‘मौसमी फ्लु’ भएको बताउँदै आएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त मेडिकल डाइरेक्टर डा. सूर्यमान लिम्बुले उपचारका लागि पुगेका अधिकांश बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, अल्छी लाग्ने र खान मन नलाग्नेलगायत लक्षणहरू देखिएको बताए ।

‘जाजरकोटका बिरामी र जुम्लाका बिरामीमा उस्तै लक्षण देखिएकाले जुम्लामा पनि ‘स्वाइन फ्लु’ हुन सक्छ ।’ उनले भने,–‘यसतर्फ सबैले सर्तकता अपनाउन जरुरी छ ।’

बुधबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको बहिरंग सेवामा उपचारार्थ आएका १ सय ४२ बिरामीमध्ये ८० जनाभन्दा बढीलाई ‘मौसमी फ्लु’ भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान जनाएको छ ।

प्रतिष्ठानले मौसमी रुघाखोकी र ‘स्वाइन फ्लु’बाट जोगिनका लागि विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । त्यस्तै जुम्लामा ‘स्वाइन फ्लु’ आंशका गरिएपछि कालिकोटमा बिषेश सर्तकता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला स्वास्थ्य कालिकोटका नि.प्रमुख डा. ललितजंग शाहीले कालिकोट पनि जुम्लासँग जोडिएको जिल्ला भएकोले यहाँपनि यसले प्रभाव पार्न सक्ने बताए ।

‘मौसमी रुघाखोकीका बिरामी बढे पनि सामान्य रुघा ठानेर अस्पतालमा उपचार गराउन अधिकांश गएका छैनन् ।’ उनले भने,–‘कालिकोटमा अहिलेसम्म मौसमी फ्लु वा स्वाइन फ्लुका बिरामी भेटिएका छैनन् ।’

जुम्लामा ‘स्वाइन फ्लु’को आंशका गरिएपछि यहाँका स्थानीयबासी निकै तर्सित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी