पर्सा, २ बैशाख ।
भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सुरु भएपछि सीमावर्ती सहर वीरगन्जमा पनि लाखौं रुपैयाँ बाजी थाप्ने होडबाजी सुरु भएको छ ।
आइपीएलको यस्तो अवैध बाजीमा वीरगन्जमा मात्रै देनिक एक करोड रुपैयाँसम्मको हारजित हुने अनुमान छ । गत बुधबार उद्घाटन खेलमै कोलकाता नाइट राइडर्सका पक्षमा दुई लाख रुपैयाँ बाजी थापेका आदर्शनगरका अमित अग्रवाल (नाम परिवर्तन)ले तीन ३ लाख ६० हजार रुपैयाँ जिते ।
उक्त खेलमा कोलकताले मुम्बइ इन्डियन्सलाई हराएपछि अग्रवालले बाजी जितेका थिए । यस्तो अवैध कारोबारका लागि वीरगन्जमा तीनजना दलाल सक्रिय रहेको स्रोतले बतायो ।
तीनजना दलाले जुवाकै लागि माईस्थान,लोहारपट्टी र आदर्शनगरमा गोप्य कार्यालय सञ्चालन गरेका छन् । बाजी थाप्ने जुवाडेबीच मध्यस्तकर्ता गर्ने स्थानीय दलाललाई बुकी भनिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline