एट्लेटिको मड्रिड र रियाल मड्रिड गोलरहित बराबरी

एट्लेटिको मड्रिड र रियाल मड्रिड गोलरहित बराबरी

  • बुधबार, बैशाख २, २०७२
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

काठमाडौ, २ बैशाख ।

च्याम्पियन्स लिग फुटबलको गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा घरेलु प्रतिद्धन्दी एट्लेटिको मड्रिड र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् ।

एट्लेटिकोको मैदानमा सम्पन्न खेलमा रियलका ख्याती प्राप्त स्ट्राईकर क्रिष्टीयानो रोनाल्डो,गारेथ बेल,करिम बेन्जीमाले एट्लेटिकाको बलियो डिफेन्सलाईन भत्काउन सकेनन् । च्याम्पीयन लिग क्वाटर फाईनलको दोश्रो लेग रियलको घरेलु मैदान बर्नाबेउमा हुने छ ।

अघिल्लो सिजनको च्याम्पीयन्स लिग फाईनलमा रियलले एट्लेटिकालाई पराजित गरि उपाधि उचालेको थियो । जारी सिजनको पछिल्लो ७ भेटमा रियलले एट्लेटिकालाई जित्न सकेको छैन । गएरातिकै अर्को खेलमा ईटालयन जुभेन्टसले मोनाक्को बिरुद्ध १–० गोलको जित हात पारेको छ ।

दोश्रो हाफको ५७ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै जुभेण्टसका भिडालले टिमको जित निश्चित गर्नुभयो । च्याम्पीयन्स लिगमा स्पेनिस जाईन्ट बार्सिलोना र फेन्च लिडर पेरिस सेण्ट जर्मन बिच आज राती खेल हुँदैछ ।

नेपाली समय अनुसार राती साँढे १२ बजे हुने खेल पि एस जिको घरेलु मैदानमा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी