महोत्तरीमा बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि

महोत्तरीमा बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

गौशाला, १ वैशाख ।

जिल्लाका स्वास्थ्य संस्था एवम् अस्पतालमा अहिले बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । दिनानुदिन बढ्दै गएको गर्मीका कारण जिल्लाका अस्पतालमा विभिन्न रोगको सङ्क्रमण भएका बिरामी उपचारका लागि घुइँचो लाग्ने गरेको चिकित्सकले बताएका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला अस्पतालमा अहिले दैनिक २५० देखि ३०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि दैनिक ५० देखि ७० सम्म बिरामी आउने गरेको चिकित्सकले बताएका छन् ।

जिल्लामा दिनभरि रहने चर्को घाम र सहन नसक्ने गर्मीका कारण जिल्लाका विभिन्न गाउँठाउँमा अहिले रुघाखोकी, ज्वरो, टाइफाइड, झाडा, निमोनिया, जन्डिस र भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा निकै वृद्धि भएको जानकारी जिल्ला अस्पताल जलेश्वरका चिकित्सक सञ्जयकुमार यादवले  दिए ।

त्यस्तै चर्को घामको कारण जिल्लाबासीमा छालासम्बन्धी रोगको सङ्क्रमण देखापरेको छ ।

चर्को घाम र गर्मीका कारण प्रभावित बिरामीमा बालबालिका, वृद्धवृद्धा मात्रै नभएर वयस्क र घरभित्रै बस्नेको सङ्ख्या पनि सोही अनुपातमा रहेको जिल्ला अस्पतालकै चिकित्सक राजीव झाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी