काशीगाउँमा फैलिएको पखाला नियन्त्रणमा

काशीगाउँमा फैलिएको पखाला नियन्त्रणमा

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

गोरखा, १ वैशाख ।

उत्तरी गोरखाको काशीगाउँमा फैलिएको पखालाको प्रकोप नियन्त्रणमा आएको छ । काशीगाउँ–१ र २ का १० बालबालिकामा एक हप्ताअघि देखिएको पखाला नियन्त्रणमा आइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नानीबाबु दानीले जानकारी दिए ।

“साना बालबालिकामा पखालाको प्रकोप देखिएको थियो”–उहाँले भन्नुभयो–“प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटका वरिष्ठ अहेव विजयकुमार श्रेष्ठको टोली औषधि लिएर काशीगाउँ पुगेर फर्किसकेको छ ।”

पखाला लागेर ग्रसित भएका यार्सा गाउँकी किसा घलेको ११ महिने छोरा अभिषेकको गत चैत २६ गते उपचारका क्रममा निधन भएको थियो । सुरुको चरणमा १० बालबालिकामा पखाला देखिएको थियो ।

“परिवारका सदस्यले हेलचेक्र्याइँ गर्दा एक बालकको मृत्यु भयो”–दानीले भन्नुभयो–“अहिले सबै स्वस्थ भइसकेका छन् ।”

पखालाको प्रकोप फैलिएको हल्ला आए पनि त्यस्तो नभएको उहाँले बताउनुभयो । सदरमुकामदेखि २० कोसको दूरीमा काशीगाउँ पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी