नयाँ दिल्ली, ३० चैत ।
इन्डियन प्रिमियर लिग(आईपीएल)मा किङ्स ११ पञ्जाबले मुम्बई इन्डियन्सलाई १८ रनले हराएको छ।
आइतबार राति मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो।
१७८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको घरेलु टोली मुम्बईले हरबजन सिंहको विस्फोटक ब्याटिङ गरेपनि अन्य खेलाडी चल्न नसकेपछि रनमा समेटिएको थियो।
मुम्बईका लागि हरबजनले ६४ रन बनाए। मात्र २४ बल खेलेका सिंहले ६ छक्का र ५ चौका प्रहार गरेका थिए। यस्तै मुम्बईका लागि जगदिशा सूचीताले ३४ रन बनाए।
यसअघि विजयी टोलीका लागि जर्ज बेलीले अभिजित ६१ रन बनाएका थिए। यस्तै विरेन्द्र सेहबागले ३६ तथा मुरली विजयले ३५ रन बनाएका थिए। मुम्बईका लागि लासिथ मालिङ्गा र हरबजन सिंहले २-२ विकेट लिएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline