अष्ट्रेलियन क्रिकेटर फिलिप हृयूजको ब्याट र जर्सी जेठ दोस्रो साता सगरमाथाको चुचुरोमा पुर्याइने भएको छ । ‘फिलिप हृयूज यात्रा सगरमाथा एक्सपिडिसन’ नाम दिइएको अभियानमा कीतिर्तानी आरोही छुरिम शेर्पाले हृयूजको जर्सी र ब्याटलाइ सगरमाथा पुर्याउने छिन् ।
क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वली एडवड्र्सले आईतवार आरोही छुरिमलाई हस्तान्तरण गरेका छन् । हृयूजको जर्सी र ब्याट लिँदै छुरिमले यो अबसर आफ्नो लागि पनि गर्वको विषय भएको बताइन् ।
सो क्रममा क्रिकेट अष्ट्रेलियाका अध्यक्ष एडवर्ड्सले छुरिमलाई क्रिकेट अष्ट्रेलियाको क्याप पनि सगरमाथा लैजान उनले आग्रह गर्दै छुरिमलाई लगाइदिएका थिए ।
छुरिम केही दिनमा काठमाडौंबाट लुक्ला प्रस्थान गर्नेछिन् । उनी अप्रिल १७ देखि २२ सम्ममा सागरमाथा बेसक्याम्पमा पुग्ने कार्यक्रम छ । उनले मे १७ देखि २५ (जेठ ३ देखि ११ गते) भित्र हृयूजको ब्याट जर्सीको साथमा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्ने लक्ष्य लिएकी छिन् ।
तर मौसमले साथ नदिए केही दिन तलमाथि हुन सक्ने ड्रिम हिमालय एड्भेन्चरका दावा शम्भु शेर्पाले जानकारी दिएका छन । छुरिमले सन् २०११ मा एक सातामा दुई पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीतिर्तान बनाएकी थिइन् ।