काठमाडौं २६ चैत।
बार्सिलोनाले लगातार नवौं जित हात पार्दै स्पेनिस ला लिगाको उपाधि होडमा नियन्त्रण कायमै राखेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले लिओनल मेस्सी र लुईस स्वरेजको उत्कृष्ट प्रदर्शनको मदतमा अल्मारियालाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलानाले ३३ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा भयो ।
५५ औं मिनेटमा ड्यानी अल्भेसको पासमा स्वरेजले घरेलु टोलीको अग्रता दोब्बर पारे । ७५ औं मिनेटमा बार्टाले गोल गरे ।
खेलको अन्तिम मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो ।
जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ४ अंकको दुरी कायमै राखेको छ । बार्सलोनाको ३० खेलबाट ७४ अंक छ भने समान खेल खेलेको रियलको ७० अंक छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline