आईपीएलमा कोलकत्ताको विजयी सुरुवात

आईपीएलमा कोलकत्ताको विजयी सुरुवात

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं २६ चैत ।

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको आठौं संस्करणको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।

मुम्बईले प्रस्तुत गरेको १६९ रनको लक्ष्य कोलकत्ताले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।
उसका लागि कप्तान गौतम गाम्भीरले ५७ रन बनाए ।

सूर्यकुमार यादवले अविजित ४६ रनको पारी खेले भने मनिष पाण्डेले ४० रनको योगदान दिए । युसुफ पठान १४ रनमा अविजित रहे । रोबिन उथप्पाले मात्र ९ रन बनाए ।

मुम्बईका कोरी एन्डरसन, जसप्रित बुमराह र हरभजन सिंहले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले रोहित शर्माको अविजित ९८ रनको मदतमा २० ओभरमा ३ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

एक समय ३७ रन जोड्दा मुम्बईले तीन विकेट गुमाइसकको थियो । एरोन फिन्च ५, आदित्य तरे ७ रन जोडे भने अम्बाती रायडूले खाता नै खोल्न सकेनन् ।

तर, रोहित र कोरी एण्डरसनले चौथो विकेटका लागि अविजित १३१ रनको साझेदारी गरे । ६५ बलको सामना गरेका रोहितले १२ चौका र चार छक्का हाने । कोरी एण्डरसनले पनि राम्रो पारी खेले । उनले ४१ बलमा ५५ रन बनाए ।

कोलकत्ताका मोर्ने मोर्केलले २ तथा सकिब अल हसनले एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी