विश्व भरमै यौन काण्डले छोएको राजनीति

विश्व भरमै यौन काण्डले छोएको राजनीति

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

yaun kanda१.युवा युवतीको फेशनको रुपमा उदाउदै गएको प्रेम दिवसका अवसरमा रातो गुलाबको फुल साटासाट गर्ने सुरसार हुदै गर्दा छिमेकी मुलुक भारत कर्नाटक राज्यका तीन जना मन्त्रीले संसद्को बैठकमै अस्लील चलचित्र हेरेको दृष्य सार्वजनिक भएपछि पदबाट राजीनामा दिनु पर्यो । यो घटना २०१२ फेब्रुअरी २ तारिखको हो । संसदको सत्र जारी रहदा सहकारी मन्त्री लक्ष्मण सवादी , महिला एवं वाल विकास मन्त्री सिसी पाटिललाई  विज्ञान तथा प्रविधि मन्त्री कृष्ण पालेमरले यौनसम्वन्धको निलो चलचित्र वितरण गरेका थिए । यस्तै गत वर्ष चीनका एक जना नेता पनि युवतीहरुसग अस्लील सम्बन्ध राखी तस्वीर र भिडियो सार्वजनिक भए पछि राजीनामा दिन बाध्य भए ।
२.ग्लोवल पोष्टमा प्रकासित सन २०११ मा  विश्वका १० प्रमुख घटना मध्य अन्तराष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख फ्रान्सका डोमिनिक स्ट्रास कान सन् २०११ को मे महिनामा नाफीसातोउ दियालो नामकी एक ३३ वर्षीय महिला कामदार माथि न्यूयोर्कको सोफित होटेलमा बलत्कार गरेको अभियोग लागेपछि उनले पदबाट राजीनामा मात्र दिनु परेन , प्रहरी हिरासतमा पनि रहनु पर्यो । आगामी निर्वाचनमा राष्ट्रपतिका लागि दावेदार मानिएका कानको यो काण्डले पूर्णत: उनलाई तल पार्ने काम गर्यो ।
३.ईटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले १८ वर्ष मुनिका महिलाहरुमाथि गैरकानुनी यौन सम्वन्ध राखेको र नाङगो नाच नचाउने पार्टीहरुको आयोजना गरेको सार्वजनिक भएपछि लामो समय क्रममा उनले भिन्न कारण देखाएर भएपनि पद् छाडे ।
४. सन् २०११ मै ईन्डोनेसियका कन्जरभेटिभ विधायक एरीफीन्तोले संसदमा निलो भिडियो हेरेपछि पदबाट राजीनामा दिनुका साथै सजाय भोग्नु पर्यो ।
५.यसै वर्ष अमेरीकाको रिपव्लिकन पार्टीबाट राष्ट्रपतिय उम्मेद्धार बनेका हरमैन केनलाई एक पछि अर्को महिलाहरुले अफेयर गरेको र यौन सम्पर्क गरेको बताएपछि उनले अन्तत: निर्वाचनको दौडबाट खुट्टा झिक्नु पर्यो ।
६.यसै वर्ष मोनाकोका राजकुमार एलबर्ट द्धीतीयले दक्षिण अफ्रीकाकी पौडीबाज कार्लिन विटस्टक विवाह गर्ने तयारी गर्दा अरु थुप्रै महिलाहरुसग प्रेम गरेको र विवाह गर्नु पूर्व नै २ वटा बच्चा जन्मिएको सार्वजनिक भएपछि अफ्रीका भाग्ने तीन पटक प्रयास गरेपनि अन्तत: मोनाकोकी राजकुमारी भएर बसिन् ।
७.अमेरीकाको न्यूयोर्कका पूर्व सिनेटर एन्थोनी विनरले
एक महिलासगको शारीरीक सम्पर्कका तस्वीरहरु गत मे महिनामा ट्वीटरमार्फत सार्वजनिक गरेपछि उनले आफ्नो पदबाट राजीनामा दिए ।
८.सन् १९९८ को अगष्ट १७ मा अमेरीकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले आफ्नै कार्यलय ह्वाईट हाउसकी महिला कर्मचारी मोनिका लेवीन्सकी माथि लामो समय यौन सम्वन्ध राखेको स्वीकार गर्दे आफ्नी श्रीमति तथा अहिलेकी अमेरीकी विदेशमन्त्री हिलेरी क्लिन्टन र जनतासामु माफि मागेका थिए ।
यस्ता घटनाहरु जीवनको कति समय पछि पनि सार्वजनिक हुने रहेछन् भने अमेरीकाकै पूर्व राष्ट्रपति जोन अफ केनैडीले सन् १९६८ मा आफ्नी श्रीमति र छोराछोरी अन्यत्र पठाएर मिमि अल्फोर्ड नामकी एक महिलालाई १८ महिनासम्म लगातार यौन शोषण गरेका थिए । यो घटना अहिले ६९ वर्ष पुगेकी अल्फोर्डले हालै एक पुस्तकमार्फत सार्वजनिक गरेको चर्चित दैनिक पत्रिका डेली मेलले जनाएको छ ।
यी विवरणहरु सन् २०११ का प्रमुख यौन हिशाका घटनाहरु सहितका हुन् । स्वयं नेपालमा पनि थुप्रै सार्वजनिक पदमा बसेका व्यक्तिहरु यस्ता घटनामा मुछिएका छन् । माओवादीका राम बहादुर थापा , हरीबोल गजुरेल , हेमन्त प्रकाश वली , शक्ति बस्नेत , पम्फा भुषाल, निरु दर्लामी , लिला सोमाई , देवी खड्का लगायतकामाथि यौनकाण्डका कारण तात्कालीन अवस्थामा पार्टीले कार्बाही गरेको थियो ।
माओवादी छाडेर एमालेमा गएर सामान्य प्रशासन मन्त्री समेत भएका ५० वर्षे रबीन्द्र श्रेष्ठले मन्त्रीपद समाप्त भएलगत्तै आफ्नै पार्टीकी विद्यार्थी कार्यकर्ता धादीङकी २२ वर्षे सुभेक्षा सिलवाललाई दोस्रो पत्नीको रुपमा लिएर भागेका छन् र हालसम्म उनी सार्वजनिक भएका छैनन् । एमालेकै पूर्व स्थानीय विकासमन्त्री एवं पोलिटव्युरो सदस्य रामचन्द्र झा गत असार १ गते पुरानो वानेश्वरमा मदीरा सेवन गरेर बारका नर्तकीहरुसग रहेको अवस्थामा प्रहरीले रगेहात पक्राउ परेका थिए ।
त्यस्तै पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बखर एकै ठाउमा मन्त्री र सभासद सहित दर्जनौलाई राजधानीको एक वेश्यालयबाट पक्राउ गरिएको थियो । काग्रेसका सभासद् कृष्ण यादव सहित ३३ जनालाई प्रहरीले पक्राउ गरेपनि नाम सार्वजनिक हुन नसकेका ती मन्त्री भने झ्यालवाट हाम फालेर भागेको बताईएको थियो । त्यस्तै माधव कुमार नेपाल प्रधानमन्त्री रहेका बेलाका वाणिज्य तथा आपुर्ति राज्य मन्त्री सरोज कुमार यादवले करीव तीन वर्ष पहिले माघ महिनामा सुन्धाराको गाजलु डान्सबारमा सुरा र सुन्दरीको आनन्द लिएर दादा गिरी देखाउदै १० हजार रुपैयाको बिल नतिरी हिड्न खोजेपछि उनको पर्दाफास भएको थियो ।
माथि उल्लेखित सम्पूर्ण घटनाहरु प्रतिनिधिमुलक मात्र हुन् । समाजमा धेरै लुकेका हिशाहरु छन् जना श्रीमतीसग यौन सम्पर्क राख्न नपाउदा कैयौ महिलाहरुले ज्यान समेत गुमाउनु परेको छ । पुरुषले पहिलेदेखि नै महिलालाई आफ्नो अधीनमा राखेर उसको शरीरमाथि नियन्त्रण गरेको र उपभोगको बस्तु ठानेकाले महिलाहरुमाथि यस्ता घटना हुने गरेको महिला मानवअधिकारवादी डा रेणुराज भण्डारी बताउछिन् । महिलाहरुको शरीर जसले पनि प्रयोग गर्ने बस्तु नभएर उनीहरु पनि अधिकार सम्पन्न नागरिक हुन भन्ने कुरा स्थापीत गरेपछि मात्रै यौन हिशाका घटनामा कमी आउन सक्ने डा रेणुर राज भण्डारीको तर्क छ । उनी भन्छिन् “महिलाहरुमाथि अपराध हुदा लज्जित भएर हैन अपराध गर्नेहरुमाथि दण्डित गर्न अग्रसर हुनु पर्छ”।  महिलाहरु दोस्रो दर्जाका बस्तु हुन र उनीहरुको यौनिकता पुरुषको चाहना र आवस्यकतामा मात्र निर्भर हुन्छ भन्ने पितृ सत्ताबादी सोच या विज्ञापन र मनोरन्जनको साधनका रुपमा मात्र प्रयोग गर्ने अहिलेको विकृत संस्कारले हुन सक्छ,महिलाहरु ससारभर कुनै न  कुनै रुपमा यौन हिशाका शिकार भईरहेका छन् । चाहे सहमतिमा यौन सम्पर्क गरेको भन्दै मौखिक प्रमाण किन नआओस, चाहे बलात्कार होस वा डिस्कोमा नर्तकी बनाएर मदिराको मातमा चिमोट्न किन नखोजीएको होस् । यो केबल फरक रुपमा महिलामाथिको यौन हिंशा हो  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी