एकसातादेखिको गौर बन्द फिर्ता, ६ बुँदे सहमति

एकसातादेखिको गौर बन्द फिर्ता, ६ बुँदे सहमति

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

रौतहट, २५ चैत ।

रौतहटको चन्द्रनिगाहपुरमा सेवा केन्द्र खोल्ने सरकारी निर्णयविरुद्ध ७ दिनदेखि रौतहट उद्योग वाणिज्य संघले गरेको आमहड्ताल आजदेखि फिर्ता भएको छ ।

स्थानीय प्रशासन र रौतहट उद्योग वाणिज्य संघबीच गएराती अबेरसम्म प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि बन्दको कार्यक्रम फिर्ता भएको हो ।

नेपाल सरकारले चन्द्रनिगाहपुरमा सेवाकेन्द्र खोल्ने निर्णय गत २० गते नै खारेज गरिसकेको हुँदा आन्दोलनको क्रममा भएको घटनालाई सम्बोधन गर्ने गरी वार्ता सफल भएको हो ।

ससस्त्र प्रहरीको भ्यानको ठक्कर बाट मृत्यु भएका गौर नगरपालिका–१० सबगढा निबासी रामअषिस ठाकुरलाई सहिद घोषणाको प्रक्रियाका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने, मृतक ठाकुरको परिवारका एक सदस्यलाई सीप र योग्यता अनुसार जागिर दिने सहमति भएको छ ।

त्यस्तै मृतक परिवारलाई क्षतिपुर्ति बापत ८ लाख उपलब्ध गराउने, आन्दोलनको समयमा घाइते भएकाको सरकारी अस्पतातको उपचारमा लाग्ने बील अनुसार क्षतिपुर्ति उपलब्ध गराउने, आन्दोलनको समयमा भएको घटनाको यथार्थ बुझ्न उच्चस्तरीय छानबिनको लागि गृहमन्त्रालयमा लेखी पठाउने पनि सहमति भएको छ ।

चैत्र १८ गतेदेखि २४ गतेसम्म आमहडतालमा भएको स्थानीय स्तरमा क्षतीको मुल्याकन गरी क्षतिपुर्तीका लागि गृहमन्त्रालयमा लेखि पठाउने र आजदेखि नै सबै आन्दोलनको कार्यक्रम फिर्ता लिने सहमति पनि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी