काठमाडौं, २४ चैत ।
इङ्गलिश प्रियिमर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर सिटी पराजित भएको छ । साविक विजेता सिटीलाई क्रिष्टल प्यालेसले २-१ ले हराएको हो ।
खेलमा प्यालेसलाई विजयी गराउन ग्लेन मरे र जेसन पन्चीयोनले एक एक गोल गरे । म्यान्चेस्टर सिटीका याया टुरेले एक गोल फर्काए ।
अघिल्लो हप्तासम्म अंक तालिकाको दोस्रो स्थानमा रहेको सिटी गएरातीको हारपछि चौथो स्थानमा रोकिएको छ । सिटीले ३१ खेलबाट ६१ अंक जोडेको छ ।
समान खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तेस्रो स्थानमा उक्लिएको छ भने दोस्रो स्थानको आर्सनलको ६३ अंक छ । एक खेल कम खेलेको चेल्सी ७० अंकको साथ शिर्ष स्थानमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline