वैकल्पिक आवास नदिई सुकुम्बासी हटाउने सरकारको निर्णयमा कांग्रेसको आपत्ति

वैकल्पिक आवास नदिई सुकुम्बासी हटाउने सरकारको निर्णयमा कांग्रेसको आपत्ति

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

काठमाडौं, शुक्रबार – नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा सम्मानजनक पुनर्वास गर्न सरकारसँग माग गरेको हो। बैठकको निर्णयमा सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म अनिश्चितताामा राखेको उल्लेख छ। अस्थायी रूपमा बस्दै आएको होल्डिङ सेन्टरबाट समेत हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ।

राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीनलाई आश्रय दिनुपर्ने र बाँकी रहेको आश्रयसमेत खोस्न नहुने कांग्रेसको भनाइ छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने पार्टीको अडान छ। यसैबीच, होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ