प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने: अध्यक्ष ओली

प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने: अध्यक्ष ओली

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

काठमाडौं, बिहीबार
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने बताएका छन्। काठमाडौंमा सम्पादकसँगको छलफलमा उनले स्थानीय तहको चुनाव आउँदो वैशाखको अन्तिममा र प्रदेशको निर्वाचन मंसिरमा हुनुपर्ने बताए। दुवै चुनाव सँगै गर्ने भए स्थानीय तहको चुनाव पछि धकेलेर मंसिरमै गर्न सकिने उनको भनाइ थियो। ‘चुनाव फ्रि एन्ड फेयर हुनुपर्छ, अब हुने दुवै चुनाव प्रतिनिधि सभाको जस्तो हुँदैन,’ ओलीले भने।

उनले दुई तिहाइको सरकार भन्दैमा जे पनि गर्न नपाइने चेतावनी दिए। संसद् छलेर अध्यादेश ल्याउने काम सही नभएको बताउँदै उनले भने, ‘यो सरकार दुईतिहाइको होइन, बहुमतको सरकार हो। झन्डै दुईतिहाइ र दुईतिहाइ उस्तै होइन।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ