व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

नयाँ दिल्ली, १० मङ्सिर: संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।

“भारत र संयुक्त राज्य अमेरिका द्विपक्षीय व्यापार सम्झौताका लागि वार्तामा संलग्न छन्,” नयाँ दिल्लीको वाणिज्य मन्त्रालयले बुधबार साँझ भनेको छ । मन्त्रालयले सम्झौताको ‘चाँडो निष्कर्ष’ तर्फ काम गरिरहेको पनि उल्लेख गरेको छ ।

“कुनै पनि व्यापारसम्बन्धी चिन्ताहरू यी वार्ताको ढाँचाभित्र समाधान गर्नुपर्छ भन्ने भारतको अडान रहँदै आएको छ,” वक्तव्यमा थपिएको छ ।

दुई देशले फेब्रुअरीमा अमेरिकी कर घटाउने उद्देश्यले अन्तरिम व्यापार सम्झौता गरेका थिए, तर, केही दिनपछि अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका व्यापक करहरू रद्द गरेपछि सम्झौता कहिले लागू हुने भन्ने अनिश्चितता बढ्यो ।

त्यसयता दुवै पक्ष वार्तामा संलग्न छन् । बुधबार वाशिङ्टनले कथित अतिरिक्त उत्पादनको महिनौँ लामो अनुसन्धानपछि भारतमा १७ प्रतिशतको दर प्रस्ताव गर्‍यो।

“भारत यस अनुसन्धानभरि रचनात्मक रूपमा संलग्न रह्यो,” नयाँ दिल्लीले भनेको छ ।

“जवाफमा वाणिज्य विभागले भनेको छ “भारतसँग कुनै पनि क्षेत्रमा संरचनात्मक अतिरिक्त क्षमता छैन।” नयाँ करहरू लागू हुनुअघि सार्वजनिक टिप्पणीको अवधिबाट गुज्रनुपर्नेछ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले अक्टोबरमा भन्नुभएको थियो, “वार्ता ‘एक स्थिर बिन्दुमा पुगेको छ,’ जसभन्दा अगाडि दिने वा लिने कुरा धेरै नै गाह्रो हुन सक्छ ।”

अमेरिकी विदेशमन्त्री मार्को रुबियो त्यसको केही समयपछि भारत भ्रमणमा आउनुभएको थियो । उहाँ बढी आशावादी हुँदै भन्नुभएको थियो, “दुवै पक्ष ‘सम्झौता कार्यान्वयन नभएको अवस्थामा जति नजिक हुन सकिन्छ, त्यति नै नजिक छन्’।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ